Health Advertisement

रामग्राम नगरपालिकामा विद्यालय अनुगमन निरन्तरः मेयरले खाए विद्यार्थीले खाने खाजा

नवलपरासी,२५ साउन
नगरक्षेत्रका विद्यालयमा रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर)ले थालेको अनुगमन कार्यलाई निरन्तरता दिदै बुधवार पनि तिनवटा विद्यालयको अनुगमन गरेका हुन् । मेयर धनपत यादव र नगरशिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी र सम्बन्धित वार्डअध्यक्षलाई साथमा लिएर अनुगमनलाई निरन्तरता दिएका हुन् ।
शिक्षाको बेथिती सुधारका लागि सबै विद्यालयमा एक पटक संयुत्त रुपमा पुग्नै पर्ने आवश्यकता औल्याउदै मेयर यादवले अनुगमन पुर्व सुचना विना नै विद्यालयमा पुग्ने गरेका छन् । अनुगमनको क्रममा विद्यालयमा सरकारले दिदै आएको खाजाको गुणस्तर समेत हेर्ने,सरसफाई,पुर्वाधार वातावरणको विषयमा अहिले सुचना लिइने गरेका छन् । जनता आधारभुत विद्यालयमा पुगेर उनले विद्यार्थीले खाने गरेको खाँजा समेत चाख्दै भने, यस्तो खाँजा नखुवाउनुस । खाँजामा भुजा र पस्ता बनाइएको थियो । कतिपयमा जंकफुड नै पाइएको थियो । विद्यार्थी संख्या अति नै कम भएको भएको र भर्ना भएका बालबालिका पनि उपस्थित भएको भेटिएका थिएनन् । अहिले नगरपालिकाले प्रति विद्यार्थी दैनिक १० रुपिया उपस्थितीको आधारमा प्रोत्साहन रकम दिईने नगरसभाबाट पास गराएको छ,मेयर यादवले भने, विद्यार्थी नै उपस्थित कम छन्,किन आएनन ? भनेर प्रश्न गरेका थिए । त्यसको खोजी गरेर शिक्षा शाखा मार्फत नगरपालिकामा पेश गर्न समेत उनले निर्देशन दिएका थिए ।


खाँजाकै लागि नेपाल सरकारले प्रति विद्यार्थी १५ रुपियाको दरले रकम उपलब्ध गराउदै आएको छ, तर खाँजाको अवस्था हेर्दा ति रकमको समेत सदुपयोग भएको छैन् । खाँजामा पोसिलो,स्वस्थकर हुनु पर्ने र त्यसका लागि विद्यालयले अगामी दिनमा सुधार गरेर लैजानु पर्ने आवश्यकता औल्याएका थिए । त्यसै गरि रामग्राम ९ कै करमैनी स्थित राष्ट्रिय माविमा हजिरी रजिष्टरमा धेरै विद्यार्थी देखिए पनि विद्यालयमा उपस्थिती अति नै न्युन रहेको बताएका थिए । लामो समयसम्म कतिपय विद्यार्थीको हाजिरी छैन,उनले थपे, तर ति विद्यार्थी कहाँ छन ? त्यसको चित्त बुझ्दो जवाफ समेत विद्यालयका शिक्षकले दिन सकेनन । दैनिक तिनै कक्षामा अध्यापन गर्ने शिक्षकले कति विद्यार्थी छन ? त्यसको जानकारी पनि नराख्नु दुर्भाग्यपुर्ण रहेको बताए ।
भौतिक पुर्वाधारले सम्पन्न सो माविमा विद्यार्थी संख्या किन न्युन भए ? किन पहल गरिएन ? त्यसको जवाफ अनुत्रित नै रह्यो । कतिपय माथिल्लो कक्षाका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गराएर निजी विद्यालयमा अध्ययन गर्दै छन कि भन्ने पनि आशंका ब्यतm गरिएको थियो । अहिले नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि सुविधाहरु प्रदान गर्ने हुदा केही अभिभावकले पहुँचको आधारमा विद्यार्थी सामुदायिकमा भर्ना गर्ने र निजी विद्यालयमा पढाउने गरेको पनि पाइएको छ । यसले गर्दा सामुदायिक विद्यालयमै पढने विद्यार्थीको प्रतिको बेईमानी हुने मेयर यादवको भनाई थियो । अब वार्ड अध्यक्षहरुलाई सुक्ष्मरुपमा यसबारे अध्ययन गर्न लगाईन र विभिन्न निकायबाट पनि अनुसंधान गरि आवश्यक कारवाही अगाडी बढाईने समेत उनले बताएका थिए ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *