Health Advertisement

परासी बजार सौन्दर्यीकरण र सरसफाईमा सक्रिय वार्ड अध्यक्ष

नवलपरासी, २६ चैत्र,
जिल्लाको सदरमुकाम परासी बजारको सौन्दरीकरण तथा सरसफाईमा स्थानिय वार्ड अध्यक्ष सक्रिय देखिएका छन् । परासीको बुद्धचोक देखी उत्तर निलोगेटसम्मको सडकमा फूलेको फूलहरुलाई ब्यवस्थित गर्दै वरिपरिका ढल सरसफाई तथा सडक बत्तिहरुको मर्मत सम्भार गर्दै बजारको सौन्दर्यीकरण अयिभानमा लागेका हुन् ।

सबै काम नगरपालिकाकै योजनाले गर्ने भन्ने होईन्,वार्ड स्तरबाटै नियमित काम गरियो भन्ने बजार,टोल,सडक लगायतका पुर्वाधार सफा चिटिक्क देखिने वार्ड नं.३ का वार्ड अध्यक्ष उज्जवल न्यौपाने (बेबी)ले बताए । नगरपालिकाबाट ढल सफाईका लागि जेसिबि समेत माग गरेको तर त्यहाँबाट उपलब्ध हुन सकेन,तर पनि जनशक्ति प्रयोग गरेरै काम शुरु गरिएको उनले बताए । वार्ड स्तरबाट हुने काममा लागेको छु, उनले भने, स्थानिय टोल विकास सस्थाहरुले पनि यसमा सहयोग गर्न आवश्यक देखिएको छ । बजारको सरसफाईसँगै अब चोक चोकमा सुचना प्रणाली ब्यवस्थापन गर्ने लक्ष्य उनले सुनाए ।
केही चोकहरुको नामाकरण समेत गर्न आवश्यक देखिएको छ । सो टोलबासी र टोल विकास संस्थासँग समन्वय गरि नामाकरण पनि गरिदिईने योजना सुनाए । यसले बाहिरबाट आउने यात्रुलाई पनि आफ्‌नो लोकेसन भन्न सहज हुने र सुचना प्रवाहमा सहजता हुने सुनाएका थिए । वार्ड अध्यक्षको सक्रियताले टोल बजार सफा हुन थालेको स्थानिय राधेश्याम अग्रहरीले बताए । अहिले जसरी ३ नम्बर वार्डका वार्ड अध्यक्ष आफै खटिएर जनशक्ति परिचालन गरि बजार सौन्दर्यीकरणमा लागेका छन्,त्यसै गरि सबै वार्डका वार्ड अध्यक्ष सक्रिय भए मात्र पुरै नगर सफा र चिटिक्क देखिने हो । यसमा स्थानियले समेत हातेमालो गर्न आवश्यक रहेको औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *