
नवलपरासी,२६ चैत्र
अघिल्लो संसदिय निर्वाचनमा चुनावी मुद्दा बनेको महेशपुर—त्रिवेणी सडक सुधारका कार्यक्रम अगाडी बढन थालेको छ । सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश साँसद देवकरण कलवार हाल बन तथा वातावरणमन्त्री भए पछि सो सडकको मर्मत सम्भार गर्दै कार्य अगाडी बढेको हो ।
चौतफी आलोचना खेल्दै आएका उक्त सडक क्षेत्रका जनप्रतिनिधिलाई सडकको मर्मत सम्भार गरि पिच हुन थाले पछि हाइसन्चो भएको स्थानियले बताए । यसले स्थानियबासीलाई राहत पनि भएको सुनाएका थिए । प्रदेश साँसद कलवार मन्त्री भए पछि प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण अचार्य र भौतिक पुर्वाधार विकास भुमिश्वर मन्त्रीलाई नै उक्त सडकमा हिडाएका थिए । भौतिक मन्त्री ढकालले बाटोको दुरावस्था देखेर जसरी भए पनि सो सडक यसै बर्ष देखी बन्ने आश्वासन दिएका थिए । अहिले काम शुरु पनि भएको छ । महेशपुर देखी भुजहवासम्मको सडक पिच भई रहेको छ । महेशपुर देखी पुर्वको सडक खण्ड सब बेस हाल्दै रोलिगँ गर्ने कार्य भई रहेको छ । बाकी सडक पनि विस्तारै बनाउदै लैजाने बन मन्त्री कलवारले बताएका थिए । दशक देखी रोकिएको सो सडक एकै बर्षमा बनाउन कठिनाई छ । तर शुरु भई रहेको छ । एक दुई बर्ष भित्रै आफ्नै कार्यकालमा बनाउने लक्ष्य उनले सुनाएका थिए ।

तत्कालिन जिल्ला विकास समिति(जिसस) हुदा यसलाई जिल्ला स्तरिय प्रमुख सडकको रुपमा ओटासिल पिच गरेको थियो । मुलुकमा राजनीतिक परिवर्तनसँगै राज्य पुर्नसंरचना हुदा जिविसबाट जिल्ला समन्वय समिति(जिसस)मा परिणत भयो,सो सडक कस्ले बनाई दिईने भन्ने कुरा अन्यौल नै रह्यो । जिविस जस्तो जिससलाई आर्थिक र योजनाका काम गर्ने अधिकार छैन् । जिविस स्तरका सडकको जिम्मेवारी प्रदेश सरकारले लिएर काम गर्नु पर्ने हो,तर प्रदेश सरकारले यसलाई प्राथमिकतमा राखेको थिएन । अहिले सो सडकमै प्रदेश मुख्यमन्त्री र भौतिक मन्त्रीले यात्रा गरि फर्के पछि बाटोको स्वामित्व अब प्रदेश सरकारले काम गर्न थालेको सुनाउदै बनमन्त्री कलवारले बर्षौ देखीको समस्या अब समाधान हुने आश्वासन दिइएका थिए । उत्तर दक्षिणका सडकहरुमा प्रदेश साँसदहरुले आफ्नो जिम्मेवारी लिई काम गर्ने गराउने तर अहिले यो सडक पुर्वपश्चिमको छ ।
सो सडकले लुम्बिनी प्रदेशकै साँसद बैजनाथ कलवार र देवकरण जैसवालको क्षेत्र भित्र पर्छ । संघिय साँसद विनोद चौधरी र ध्रुव बहादुर प्रधानको संघिय निर्वाचन क्षेत्रले पनि जोडछ । अघिल्लो चुनावमा सो सडक नबनेको भन्दै तत्कालिन साँसद ह्ृदेश त्रिपाठी र लुम्बिनी प्रदेश साँसद अजय बहादुर शाही दुबै मन्त्री भएका थिए,त्यो बेला जितेका नेता मन्त्री बने तर महेशपुर त्रिवेणी सडक बनेन भन्ने चुनावी चर्चा बन्यो,जनमानसमा नेतालाई परिवर्तन गरे सडकको अवस्था परिवर्तन होला भनि विश्वास लिएर सो सडक पर्ने देवेन्द्रराज कण्डेललाई हराएर ध्रुव बहाुदर प्रधान जिते,हृदेश त्रिपाठीलाई हराएर विनोद चौधरी संघिय साँसदमा जिते,त्यसै गरि अजय बहादुर शाही चुनाव हारेर बनमन्त्री कलवार प्रदेश साँसदमा जितेका छन् । दुई बर्षसम्म काम नहुदा स्थानियबासी निरास भएका थिए,तर उक्त सडक बन्न थाले पछि अहिले उत्साही देखिन थालेका छन् ।
उक्त सडक महेशपुरदेखि सुर्यपुरा सम्म जोड्ने लगभग १०किलोमिटर लम्बाई रहेको छ । यो सडकबाट दिनहु हजारौ सवारीसाधनहरु आवतजावत गर्ने गरेका छन । नवलपरासी र भारतको विभिन्न ठाउबाट योे सडकबाट जिल्लाको सदरमुकाम ,भैरहवा बुटवल सम्म,पुग्ने मुख्य बाटो रुपमा रहेको छ । हिउदमा धुलामेय र बर्षातमा हिलामेय भएको सडकका कारण बालबालिका तथा बृध्दबृध्दामा विभिन्न किसिमको रोगको सङक्रमण हुने खतरा छ । दम ,आखा चिलाउने लगायतका सङ्क्रमणका साथै वातावरणीय प्रदुषण समेत बढेको भुजहवाका सज्जाद अलि ले बताएका थिए ।
महेशपुरदेखि सुरजपुरासम्म पूर्ण रुपमा यो सडक ठाउँ ठाउँमा खाल्डो रहेको छ जसले गर्दा स्थानिय क्षेत्रमा भएको आपत बिपतमा सदरमुकामबाट एम्बुलेन्स, दमकल आउन घण्टौ कुर्नु पर्ने थियो, जसले गर्दा बिरामिहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता समेत रहेको थियो । आगलागि, बाढि जस्ता दैबिक प्रकोपबाट धेरै क्षति हुने गरेको मोजरहियाका अकलेस मिश्राले बताएका थिए । प्रदेश साँसद कलवार आफु मन्त्री नभए पनि सो सडक जसरी पनि निर्माण गराउने आश्वास दिएको तर संयोगबस मन्त्री पनि बन्ने मौका मिल्यो,उनले भने,आवाज उठाउने साँसद भन्दा योजना बनाउने र निर्णायक स्थानमै पुगियो ।
यसले गर्दा अझ सहज भएको उनले सुनाए । मुख्य कुरा जनता प्रतिको जवाफदेहिता हो, उनले थपे , यो भन्दा अगाडीका कार्यकालमा पनि सो क्षेत्रका जनप्रतिनिधि मध्ये संघिय साँसद त्रिपाठी संघिय मन्त्री भए,प्रदेश साँसद शाही पनि प्रदेश सरकारका भए । मन्त्री नभएका होईनन,फरक यदि हो,उनीहरुले चाँसो लिएनन्, काम गरेनन्, जस्ले गर्दा पछिल्लो चुनावमा जनताले हामीलाई पत्ताए,विश्वासमा लिए,मतदान गरेर जिताए । हाम्रो जिम्मेवारी थप बढेर गयो । जनतालाई गरिएको बचन वद्धता पुरा गर्दै छौ ।