Health Advertisement

सिमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता

नवलपरासी,२३ चैत्र
खुल्ला सिमा क्षेत्रमा तस्करी बढदै गए पछि अहिले फेरी प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाएको छ । पहिलाको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सरुवा भएर नयाँ प्रजिअ आएको मौका छोपी तस्करहरु भन्सार छल्दै तस्करमिा लाग्दा फागुन महिनामा महेशपुर भन्सारको लक्ष्य घटे पछि प्रहरीले तस्करी नियन्त्रणमा पुनः सक्रियता देखाएको हो ।
गत माघमा तत्कालिन प्रजिअ स्किम श्रेष्ठले तस्करीमा कडाई गरेकी थिईन । सो महिनामा महेशपुर भन्सारले माघ महिनामा मासिक लक्ष्य भन्दा बढि १सय ९४ प्रतिसत राजस्व बढेको थियो । तर सोही महिना पछि पुरा अवधी नपुग्दै प्रजिअ श्रेष्ठको ९ महिना मै तस्करहरुकै दवावमा सरुवा भए पछि नयाँ प्रजिअ हिरालाल रेग्मी आएका छन् । सोही मौकामा तस्करहरुले तस्करी गर्न पाउदा त्यसको असर भन्सारको राजस्व संकलनमा देखिएको छ । भन्सारको राजस्व संकलन मासिक प्रतिवेदन अनुसार अहिले राजस्व संकलन घटेर फागुन महिनाको राजस्व लक्ष्यको ९३ प्रतिसत मात्र देखिएको छ । यसले सिमा क्षेत्रमा तस्करीले स्थान भएको त्यसै अनुमान गर्न सकिन्छ । भन्सारको तथ्याँक अनुसार माघ महिनामा कुल राजस्व २ करोड ३६ लाख ९ हजार ३ सय ७२ रुपिया उठेको थियो । फागुन महिनामा सो राजस्व घटेर १ करोड २४ लाख ७७ हजार ७३ मात्र संकलन भएको देखिएको छ ।
राजस्व घटेको र तस्करी बढेको आलोचना हुन थाले पछि अहिले प्रहरी तस्करी रोक्न पुनः सक्रिय भएको छ । जिल्लाको सीमा नाकाबाट हुने शंकास्पद र अवैध कारोबार रोक्नमा प्रहरी सक्रिय भएको जनाएको छ । पछिल्लो समय नवलपरासीका सीमा नाकाबाट दुवै देशतर्फ विभिन्न सामानको अवैध कारोबार हुँदै आएको भन्दै आलोचना हुन थालेको थियो । सीमा नाका हुँदै नेपालबाट भारततर्फ चाइनिज स्याउ, मकै, चाइनिज लाइटर लगायतका सामान जाने गरेको छ । भारतबाट मोबाइल, चिनी, त्ताकपडा, हार्डवेयरका सामान, बोइलर कुखुरा र चल्ला नवलपरासी भित्रिने गरेको छ ।
प्रहरीले सक्रियता बढाए पछि चैत २२ गते शुक्रबार मात्रै सदरमुकाम परासीको वाइपास रोडबाट प्रहरीले १६ लाख बराबरको चाइनिज स्याउ बरामद गरेको थियो । उक्त स्याउ विराटनगरबाट भूजहवा लैजानका लागि भिसिटिएस (एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्नुपूर्व केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरे पछि गरिने सामानको ढुवानी प्रमाण ) बनाएर ल्याइएको थियो । तर भुजहवाबाट सिमाक्षेत्रमा कडाई हुदा भारत पुर्याउन नसकेर सुनवलमा रहेको चिस्यान केन्द्रमा भण्डारण गर्न लग्ने क्रममा प्रहरीले उतm स्याउ बरामद गरि राजस्व अनुसंधान कार्यालय बुटवल पठाएको थियो । भूजहवाबाट उल्टै फर्काएर परासीतर्फ ल्याए पछि शंका लागेर चेकजाँच गर्ने क्रममा १६ लाख २० हजार बराबरको ९ सय कार्टुन स्याउ बरामद भएको प्रहरीले जनाएको थियो । ‘बिल बिजकमा उल्लेख गरेको स्थानतर्फ नगई शंकास्पद रूपमा अन्यन्त्र जान लागेकाले स्याउ र ट्रकसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको थियो ।
भारततर्फ तस्करी गर्ने उद्देश्यले उक्त स्याउ ल्याएको बताइएको छ । प्रहरीले बरामद गरी पठाएको उक्त स्याउलाई भीसीटीएस अन्तर्गत ५० हजार जरिवाना गरेर राजस्व अनुसंधान कार्यालय बुटवलले छाडि दिएको थियो । सिमा कडाईले ति स्याउ ब्यपारीले ५० हजार राजस्व बुझाउन परेको थियो । त्यसबारे लाखौ रुपिया खाजस्व पनि बुझाउन परेको थियो । विराटनगर जल्डा रोडस्थित युनिफाई ट्रिजम फर्मको नाउँबाट नवलपरासीको सरावल गाउँपालिका भूजहवामा रहेको थ्रि ब्रदर्श सप्लायर्सका सोनु यादवको नाउँमा भीसीटीएस जारी गरेर स्याउ पठाइएको थियो । भुजहवा भन्सार नाका हो, एक स्थानियले भने,यहाँ स्याउको ट्रक नै खपत हुने गरि बजार छैन् । शित भण्डार गर्न आवश्यक भएको भए सिमा क्षेत्रमा नभई सदरमुकाम नजिकै रहेको चिस्यान केन्द्रमा लैजानु पर्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *