Health Advertisement

अतिक्रमित सार्वजनिक जग्गा खाली गराउदै सरावल गाउपालिका

नवलपरासी,२३ चैत्र
बर्षौ देखी स्थानियले अतिक्रमण गर्दै खेतीपाती आउने सार्वजनिक जग्गा सरावल गाउपालिकाले खाली गराउने अभियान थालेको छ । विगत बर्ष देखी नै सार्वजनिक जग्गाको खोज पहिचान गरि आवश्यक कानुनी प्रकृया पुरा गरेर खाली गराउने अभियान थालेको सरावल गाउपालिकाले विद्यालयको जग्गा अतिक्रमण गरि खेतीपाती गर्ने भुजहवाको एक विद्यालयको जग्गा खाली गराएको हो ।
सार्वजनिक हितका लागि रहेको जग्गा बेला मौका छोपेर अतिक्रमण गर्ने र एकलौटी भोगचलन गर्ने जग्गाको खोजपडताल गर्ने, आवयक कानुनी प्रकृया पुर्याएर खाली गराउने अभियान थालिएको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । सार्वजनिक जग्गा सार्वजनिक हितका लागि उपयोग हुनु पर्छ, उनले भने, कहिँ कतै कसैले कब्जा गर्ने,अतिक्रमण गरि भोगचलन गर्ने जग्गा खाली गराउने गरि गाउसभाले नै म्यान्डेट दिइएको कारण कार्यपालिकाले यस्तो अभियान चलाउदै आएको छ । तत्काललाई केही लाभ लिदै आउने ब्यतिmलाई नोक्सानी ब्यहोर्नु पर्ने हुन सक्छ, उनले भने, तर सार्वजनिक हितका लागि काम गर्नु हाम्रो दायित्व भएको बताए । सरकारी जग्गाको संरक्षण गर्ने संविधान र कानुनले नै स्थानिय सरकारलाई जिम्मेवारी तोकेको छ । संविधान र कानुनको कार्यान्वयन गर्दै सार्वजनिक सम्पतिको संरक्षणले सार्वजनिक हित हुन्छ ।
अतिक्रमित जग्गा खाली गराउनका लागि पहिला गाउपालिकाले पटक पटक हदम्याद जारी गर्छ । हकदाबी पुग्ने भए हकदाबी पुर्याउने आधार प्रमाण माग्ने गर्छ,पुगेन भन्ने खाली गर्न म्याद जारी हुन्छ । म्याद नाघे पछि सुरक्षा निकायलाई समेत पत्राचार गरि खाली गराउने मिति तोकेर सार्वजनिक सुचना गरिने गरिएको छ । खाली गराए पछि तत्कालै ति जग्गा संरक्षणको लागि पर्खाल,तालजाली लगाएर संरक्षण गर्ने कार्य पनि गरिदै आएको उनले सुनाए । दुई पहिला उनले सरावल ७ भुजहवा स्थित जनता माध्यमिक बिद्यालयको जग्गा खाली गराइएको बताए । उनका अनुसार धेरै बर्ष देखि मिचिएको थियो । विद्यालयले खाली गराउन सकि रहेको थिएन् । ति जग्गा खाली गर्नका लागि पनि विद्यालय,वार्ड कार्यालयले पनि पहल गर्दै आएको थियो । तर खाली गराउन सकि रहेको थिएन् ।
गाउँपालिकाले बल प्रयोग गरि जग्गा खालि गराई उक्त जग्गालाई खेल मैदानको रुपमा बिकास गरिरहेका छौ,उनले भने बिगतमा उक्त स्थानमा राष्ट्रपति रनिङ शिल्ड सन्चालन गरि गाउँपालिकाबाट निरन्तर रुपमा बाउन्ड्रि तथा जग्गा ब्यवस्थापनका लागि बजेट बिनियोजन गर्दै आईरहेका छौ । यो आ.व. २०८१/८२ मा पनि खेल मैदान ब्यवस्थापनका लागि रु. १० लाख बजेट बिनियोजन गरि कार्य सम्पन्न भएको छ । आउने बजेटहरुमा पनि निरन्तर बजेट बिनियोजन गर्दै उक्त क्षेत्रको प्रमुख खेल क्रिकेट पुर्वाधार बिकासका लागि काम गर्नेछौ । यस्तो अभियान प्रत्येक वार्डमा शुरु गरिएको उनले सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *