Health Advertisement

पृथ्वीचन्द्र अस्पतालमा ब्यवस्थापकिय कमजोरीले सञ्चालन हुन सकेन डायलसिस सेवा

नवलपरासी, १४ चैत्र
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मेसिन र जनशतिm उपलब्ध भए पनि ब्यवस्थापकिय कमजोरी कारण डाईलासिस सेवा सञ्चालन हुन सकेको छैन् । लाखौ रुपियाका उपकरण मेसिन खरिद भएर थन्किएको र बैशाख देखी नै डाईलासिस सञ्चालनका लागि आवश्यक तालिम लिई स्वास्थ्यकर्मीले तलब सुविधा लिदै बसेको तर ब्यवस्थापनले काम गर्न नसक्दा सो सेवा सञ्चालनमा आउन नसकेको हो ।
सरकारले डाईलसिस गराउने बिरामीलाई निशुल्क सेवा दिन स्थानिय स्तरमै उपकरण र जनशतिm पठाई सकेको तर उपकरण मेसिन जडान नगरि त्यसै राखिएको अवस्थामा फेला परेको कुरा महालेखा परिक्षकको टोलीले आफ्‌नो मलेप प्रतिवेदनमै तस्विर सहित नै उल्लेख गरेको छ । अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरु खरिद गरि थन्किएका अवस्थामा छन् । स्वास्थ्यकर्मीहरु पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका छन् । जिल्लामा दुई दर्जन बढि विरामी नियमित डायलसिस गर्न बुटवल र भैरहवा जानु पर्ने समस्या झेल्दै आएका छन् । सरकारले ति विरामीहरुलाई नै लक्षित गरि विभिन्न दातृनिकायसँग सहयोग माग्ने,ऋण लिईने कार्य गर्छ । तर ति विरामीले सेवा पाउदैनन् । डाईलसिस सेवा सबै ब्यवस्था भएर पनि सञ्चालनमा ल्याउसन नक्सनु ब्यवस्थापाकै कमजोरी भएको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए । यो विरामी प्रतिको बेईमानी हो, उनले भने, जति सक्दो चाडै डायलसिस सेवा सञ्चालनमा ल्याएर सेवा प्रवाह गर्नु पर्छ ।
गत बर्ष देखी नै अस्पतालमा डाईलसिस सेवा सञ्चालन गर्ने अस्पतालले जानकारी गराउदै आएको थियो । पहिला पिसिआर भवनमै ब्यवस्थापन गर्ने कुरा चलेको थियो । पछि ति भवनमा केन्द्रिय प्रयोगशाला सञ्चालनमा ल्याइयो । डाईलसिस सेवा गफ मै सिमित बन्यो । अस्पतालका मेसु फेर्ने होडबाजी चल्यो । त्यसमा राजनीति खेल पनि शुरु भयो । जुन समस्या अहिले पनि कायम नै रहि रहेको स्थानिय समाजसेवीहरु बताउछन् । ब्यवस्थापनलाई सहयोग गर्नु पर्नेमा यहाँ राजनीतिक दलहरु नै राजनीतिक अखाडा बनाउदा पनि जनताले पाउने सेवाबाट बन्चित हुन परेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । जनताको कुरा कस्ले सुन्ने ? उनले भने, नेता र दलहरु आफ्‌ना निहित स्वार्थकै दलदलमा देखिन्छन् । एउटा कुनै दलिय स्वार्थ भन्दा एउटै दल भित्रका गुटगत स्वार्थमा लागेर अस्पताललाई अस्तब्यतm बनाउने कार्यमा लागेको देखिन थालिएको उनले दृष्टान्त सुनाएका थिए ।
काँग्रेस भित्र रहेको एउटा गुटले कुनै चिकित्सकको सरुवा गराउन लाग्छन्,आर्को गुट त्यसलाई रोकाउन लाग्छन् । काँग्रेसमा मात्रै होईन,एमाले भित्र पनि त्यही रोग देखिन्छ । एउटा गुट मेसु सरुवा गराउनमा लाग्ने र आर्को गुट सरुवा रोकाउनमा लाग्ने अवस्था देखिएको छ । त्यसको फाईदा मेसु र चिकित्सकहरुलाई नै भई रहेको देखिन्छ । काम गर्न परेर दल र दलका गुटको चापलुसी गर्दैमा जागिर पाकिहाल्छ । जनता प्रति जवाफ देही नै देखिदैन् । होईन भने अहिलेसम्म किन सञ्चालनमा आउन सकेन ? डाईलसिस सेवा, अध्यक्ष सैथवारले प्रति प्रश्न गरेका थिए । अहिले पनि अस्पतालमा फागुन २२ गते देखी नै अध्यक्ष पदपुर्ति नगरेर अस्पताल अध्यक्ष विहिन रहेको अवस्था देखिएको छ । विगतका अध्यक्षले त चाँसो लिइएनन,अहिले नयाँ अध्यक्षको पदपुर्ति गरिदिएको भए पनि नयाँ अध्यक्षले काममा अग्रसरता देखाउथे,तर सरकारका मन्त्री आसन र भाषणमै ब्यतm हुने जनता र देशका लागि सेवा गर्नु पर्छ,भन्ने दायित्वोध नै नदेखिएको उनले सुनाएका थिए ।
यता डायलसिस सेवा सञ्चालनका लागि तयारी भई रहेको दाबी अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले गरेका छन् । डायलसिस सञ्चालनका लागि उचित स्थानको प्रवन्ध मिलाउन नसक्दा ढिलो भएको थियो, उनले भने, अहिले अस्पतालका अधिकाँस सेवाहरु नयाँ भवनमा सरेको छ, पुरानो भवनमा डायलसिस सञ्चालनका लागि ब्यवस्थापन गर्ने कार्य भई रहेको छ । यहिँ चैत्र महिना भित्रै सञ्चालनमा ल्याउने भनाई उनको रहेको थियो । ५० सैया अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा,बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग,फिजिओथेरापी सेवा रहेका छन् ।
त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे,इसिजी,प्रयोगशाला,विरामी भर्ना जनरल,फर्मेसी सेवा,प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी),क्षयरोग,कुष्टरोग क्लिनिक,जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा,प्लाष्टर।सामाजिक सेवा इकाई,सोधपुछपरामर्श तथा नियमित रुपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो । अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *