Health Advertisement

लोकदोहरी प्रतियोगिता मार्फत बन डढेलो जनचेतना कार्यक्रम

नवलपरासी,१३ चैत्र
बढदै गरेको गर्मिसँगै बन क्षेत्रमा बन डढेलो लाग्न थाले पछि त्यसलाई रोक्नका लागि नवलपरासीका सामुदायिक बनहरुले लोकदोहरी मार्फत जनचेतना कार्यमा लागेका छन् । सामुदायिक बनहरुको सक्रियतामा जिल्लाका कलाकारहरुको सहभागितामा लोकदोहरी मार्फत सचेतना जगाउने कार्यमा जुटेका हुन् ।
सुनवल नगरपालिका स्थित भगौती सामुदायिक बन उपभोतmा समुहको आयोजनामा वर्दघाट नगरपालिका र सरावल गाउपालिका दर्जन सामुदायिक बन समुहहरुले भाग लिएको उतm समुहका अध्यक्ष दुर्गा गुरुगँले बताए । डिभिजन बन कार्यालयको सहकार्यमा उतm जनचेतना मुलक खुल्ला लोक दोहरी प्रतियोगिताको समेत आयोजना गरिएको उनले जनाए । लोक दोहोरी मनोरन्जनको लागि मात्र होईन, उनले भने, लोक दोहरीलाई जनजागरण जनचेतनामा समेत उपयोग गर्ने उदाहरण प्रस्तुत गरिएको छ । यसले स्थानिय कलाकारलाई पनि बन संरक्षण र बन डढेलो नियन्त्रणमा सहभागिता वृद्धि गरेको उनको दाबी थियो । भाषण,जागरण तँ निरन्तर हुदै आएको छ,उनले थपे, तर यो साँस्कृतिक कार्यक्रम मार्फत पनि जनचेतना अभिवृद्धि गर्ने कार्यमा सामुदायिक बनले अग्रसरता देखाएको उनको भनाई थियो ।
कार्यक्रमका प्रमुख अथिती लुम्बिनी प्रदेश साँसद तथा पुर्व पर्यटन मन्त्री खड्ग बहादुर बस्नेतले उदघाटन मन्तब्य दिदै बन वातावरण सबैको सरोकार भएको क्षेत्र हो । यसले मानिसको आर्थिक उन्नती र सम्वृद्धिका पक्षलाई मात्रै नभई मानवको जिवनसँग जोडिएको छ । बन डढेलोले बन विनास गर्ने हुदा यसका लागि सरकार समुदाय सबै मिलेर गर्न आवश्यक छ । अहिले यो रचनात्मक कृयाकलाप मार्फत जनचेतना गर्न लागिएकोमा उनले खुशी ब्यतm गरेका थिए । मानिस जन्मे देखी मरणोपरान्त पनि काममा आउने बन क्षेत्र हो, उनले थपे, बन जोगाउन सबै तह तप्पकाले अ आफ्नो स्थानबाट लाग्नु पर्छ । बन छ, जिवन छ, उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *