Health Advertisement

कृषिज्ञान केन्द्रद्धारा अगुवा कृषकलाई तिन दिईने तरकारी खेती सम्बन्धित तालिम

नवलपरासी,११ चैत्र
जिल्ला स्थित केषि ज्ञान केन्द्रले तरकारी खेती गर्ने अगुवा कृषकलाई तिन दिइने ब्यवसायिक तरकारी खेती तथा कृषि बिमा तालिम शुरु गरेको छ । जिल्लाका विभिन्न पालिकाबाट छनौट भई आएका अगुवा कृषकहरुलाई तरकारी खेतीसँगै बालीनालीका सरकारले गर्दै आएको सहयोग तथा विमा जस्ता अवसर बारे जानकारी गराउने गरी तालिम शुरु गरेको हो ।
किसानहरुले अ आफ्‌नै तरिकाले खेती गर्ने,विक्रि वितरण गर्ने तर सरकारी सुविधाबारे बिमा लगायतका विभिन्न सुविधाहरु लिन नसकिरहेको हुदा अगुवा किसानलाई सो तालिम दिन लागिएको ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले जानकारी गराए । किसानलाई प्रत्यक्ष अनुदानसँगै अन्य सेवा सुविधाहरु रहेका छन्,उनले भने,तर प्रयाप्त सुचना,प्रकृयाबारे जानकारी नहुदा ति सेवाहरु लिन सक्ने अवस्थामा छैनन् । अगुवा कृषकहरुलाई सिपमुलक तालिमसँगै शसतिmकरण पनि उत्तिकै आवश्यक देखिएको छ,जस्ले आवश्यक प्रकृया पुरा गरि बेलामै सुविधा लिन सकुन भन्ने यो तालिमको लक्ष्य रहेको सुनाए । बालीनालीमा उत्पादनको विमा गर्दा ८० प्रतिसतसम्म बिमा प्रिमियम अनुदान छ,तर एक जना किसानले पनि बाली बिमा गरेको पाईएन् । यसले किसानलाई प्राकृतिक प्रकोपको बेला बाली नस्ट हुदा लगानी फिता पाउन सक्छन्,खेतीबाट पलायन हुने अवस्था हुदैन् । यो तालिमले किसानलाई शसतm र सेवा लिनका लागि आवश्यक प्रकृया पुरा गर्नमा समक्ष बनाउनेमा उनले विश्वास ब्यतm गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *