Health Advertisement

गण्डक किनारलाई पर्यटकिय गन्तब्य बनाउन सम्भावनाको खोजी

बेचु गौड,
नवलपरासी, ११ चैत्र
जिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी किनारलाई ब्यवस्थित गर्दै पर्यटकिय गन्तब्य बनाउने सम्भाब्यताको खोजी स्थानियले गर्न थालेका छन् । विगत बर्षमा गण्डक बाँध भत्किने खत्तरा भन्दै त्रासित भएर बस्नु पर्ने बाध्यता विस्तारै हट्दै गएको र भारतिय लगानीमा नै बाँधहरुको पुर्नंरचना निर्माण भई सकेको हुदा अब यसक्षेत्रलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्नु पर्ने स्थानियले सम्भावनाको खोजीमा लागेका हुन् ।
गण्डक क्षेत्रका पर्यटकिय क्षेत्रको अवस्थाबारे उद्योग बाणिज्य संघका कार्यकारणी सदस्य अमरचन्द्र अग्रवाल ,लेखा समिति संयोजक अर्जुृन बहादुर क्षेत्री,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह् सैथवार र परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल सहितको टोली पुगे पछि स्थानियले गण्डक क्षेत्रको पर्यटकिय सम्भाब्यताको अवलोकन गराएका थिए । गण्डक क्षेत्रमा भारतले आफ्‌नो तरिकाले डुबान नियन्त्रणका लागि संरचनाहरु तयार गरेको भए पनि अब त्यसलाई साज सज्जा गरि पर्यटक ल्याउनका लागि स्थानियले संघससथा र सरकारको साथ खोजेको स्थानिय लख्खु यादवले बताए । उनले सो टोलीलाई पर्यटकिय क्षेत्रको आधारहरु देखाउदै यसलाई बजारीकरण र ब्राण्डिँगमा उबासंघको साथ चाहिएको जनाए । संरचना बनी बनाउछ,उनले भने, स्थानियमा काम गर्ने उत्साह पनि छ,तर यहाँसम्म पर्यटक ल्याउने कार्यमा संघले भुमिका निर्वाह गरिदिन पर्यो । संघका प्रतिनिधिले गण्डक क्षेत्रको पर्यटनबारे आफुहरुले संघको बैठकमा एजेण्डा बनाई निर्यण गराएर अगाडी बढ्ने आश्वासन दिएका थिए ।
दुई बर्ष पहिला पनि गाँउपालिलकाले तिनै गण्डक बाँध अन्तरगतका पुर्वाधार उपयोग गर्दै पर्यटन योजना बनाउने तयारीमा जुटेको थियो । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकास पौडेलले काम गर्न तत्परता देखाए पनि उनको सरुवासँगै ति योजनाहरु अहिले निस्कृय बनेका छन् । तर स्थानियले सो योजनामा स्थानिय बासन्दताको तर्फबाट काम गर्न अहिले पनि तयार रहेको दाबी यादवको छ । गण्डक बाँधको मर्मत सम्भार भए पश्चात तिनै बाँध नजिकैका पुर्वाधारहरुलाई फरक तरिकाले सजिसजाउ गरि आकर्षक बनाई पर्यटक तान्ने योजना बनाउन सम्बन्धित वार्डका वार्ड अध्यक्षहरुले अग्रसरता देखाए पछि गाउपालिकाले पनि पर्यटन योजना बनाउन लागेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताएका थिए ।
विगत बर्षमा गण्डक बाँध अन्तरगतकै वि ग्याप बाँध,लिँक बाँध,नेपाल बाँध र सि ग्याँप बाँधका संरचना भारतद्धारा अर्बौ रुपिया खर्चेर मर्मत सम्भार गरिएको छ । तर तिनै पुर्वाधारहरु नजिकै केही स साना पुर्वाधार बनाउने,सरसफाई गर्ने र रंगरोदन,आकर्षक मनमोहक दृष्य देखिने खालका समान्य लगानी थपेर गाउपालिको पर्यटन योजना बनाउने छ । योजनामा गण्डक नदि किनारमा बाँध संरक्षणका लागि बनाईएका ब्लकहरु रंगाउने,त्यहाँ बस्नका लागि पक्कि तथा काठे कुर्सि तथा बेन्चहरु राखिदिईने कार्य हुन्छ । नदिमा पस्लका लागिका सुरक्षित र ब्यवस्थित स्टिल तथा सिक्रीले जडान गरिने छ । जस्ले गर्दा नदीमा पसेर स्थान गर्न चाहनेले सुरक्षित तरिकाले स्थान गर्न सक्छन्, । त्यसै गरि बाँध नजिकै खाने बस्ने सेवा सहितको रेष्टुरेन्ट सञ्चालनका लागि गाउपालिकाले प्रोत्साहन गर्ने योजना बनाएको थियो ।
पर्यटन प्रवद्र्धनका लागि गँगा मन्दिरमा पुजापाठ तथा आरतीका कार्यक्रमहरु पनि सञ्चालन गर्नका लागि वार्ड अध्यक्षहरु तयारीमा जुटेका पनि थिए । अध्यात्मिक पर्यटकका लागि अध्यात्मिक पुर्वाधार बनाईने अग्रसरता देखाएका थिए । त्यसै गरि नदीमा जल विहार गर्नका लागि ढुगाँ ब्यवस्थापन तथा नदीको विचमा रहेको गण्डक टापुहरुलाई समेत ब्यवस्थापन गरि पर्यटकहरुलाई रमाउने वातावरण योजना भित्र समेट्ने कार्ययोजना थियो ।
गण्डक बाँधहरुको मर्मत सम्भार गर्ने,निर्माण गर्ने कार्य भारतले अर्बौ रुपिया खर्चेर बनाई सकेको छ, । तर नेपाल सरकार तथा स्थानिय तह लगायत स्थानियबासीले त्यसलाई पर्यटन पुर्वाधारको रुपमा उपयोग गर्न सकेका छैनन् । जबकी त्यही पुर्वाधार बनाउनका लागि नेपाल सरकारले अर्बौ रुपिया खर्चे पनि बनाउन मुस्किल थियो । गण्डक नदीको वि ग्याँप बाँधको विच विचमा दर्जनौ स्परहरु रहेका छन् । त्यसलाई सजाउने र सौन्दर्यिकरण गर्ने कार्य अब मात्र बाकी छ । त्यसै गरि ति स्परका फिँगरहरु रहेका छन्, । त्यसलाई आकर्षित तरिकाले सजाउन सकिन्छ । आउने पर्यटकको खान पानका लागि पनि विभिन्न जोनको रुपमा छुट्याउने र ब्यवस्थापन गर्न सकिन्छ । फिस जोन,मिट जोन र फ्रुट जोन जस्ता बनाइयो भने आउने पर्यटकले आफुले स्थान रोजेर खाने रमाउने अवसर पाउने छन् ।
पर्यापर्यटन तथा धार्मिक पर्यटनसँगै यस क्षेत्रमा जल विहार तथा गहिरो पानीमा एडवान्चर डुबुल्की लगाउने साहसिक खेलको आयोजना गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित निकायसँग अनुमति र विमासँग सहकार्य गरेर उतm कार्य गर्न सक्ने आधार पनि छन् । अन्तराष्ट्रिय विमान स्थल भैरहवा देखी बढिमा ६० किलोमिटर दुरीमा रहेको गण्डक क्षेत्रलाई पर्यटनसँग जोड्ने गरि कार्य हुने उनको भनाई थियो । लुम्बिनीमा बौद्ध पर्यटनसँगै जोडिएको नेपालको बोधगया भनेर चिनिने अनोमाघाट यसै गण्डक नदि किनारमा रहेको छ । ग्रेटर लुम्बिनीमै समावेश गरि बौद्ध पर्यटन हुन्छ । गण्डक नदीसँगै जोडिएको सुस्ता तालमा रहेका गोहीहरुको दृष्यावलोकन गराई पर्यटकलाई आकर्षित गराउन सकिन्छ । भौतिक पुर्वाधारमा भारतले नै झण्डै १३ अर्ब लगानी गरिसकेको छ । नेपालले त्यसलाई सजावट गर्न मात्र बाकी रहेको छ ।
त्यसै गरि नदीको छेउमा कटान रोक्न बनाईएका पर क्युपाईनहरुलाई पनि सजाईयो भन्ने आर्कै आकर्षण दिन सकिने आधार देखिएको छ । स्थानियमा उत्पादन हुने उखुबाट बन्ने खुदो,जुस,राब,महिया लगायतका परिकार,केराबाट बन्ने प्रकार,बदामका परिकार,गण्डकको माछा जुन आफैमा खाद्य ब्राण्ड हो। गण्डक(नारायणी)को माछा भनेर देश भरि ब्राण्ड बनेको छ,तर गण्डक छेउमै त्यसको परिकार खुवाउने गरि किन ब्राण्डिगँ गर्न सकिन्छ । यसका लािग बेला बेला फुड फेस्टिबल गरेर डमोस्ट्रेसन गर्न आवश्यक छ । सुस्ता गाउपालिकामा मात्रै गण्डक नदी ९ किलोमिटर छ, । अहिले नेपालकै सबै भन्दा ठूलो झण्डै तिन किलोमिटर लामो सुस्ता झोलुगेँपुलले पनि आकर्षण थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *