Health Advertisement

सामुदायिक विद्यालयका बालबालिकासँग कार्याशाला गर्दै पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,१४ फागुन,
जिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न विद्यालयमा कार्यशाला गरेकी छिन् । आफु विद्यार्थी कालमै चुनाव लडेर उपाध्यक्ष बनेकी सम्वतः नेपालकै कान्छि उपाध्यक्ष सकिनाले विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम गर्न थालेकी हुन् ।
कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ स्थित हरपुर माविमा गर्दै त्यसको निरन्तताका लागि सोमवार वार्ड नं.२ स्थित सिद्धार्थ मावि कुश्मामा कार्यशाला गरेकी थिईन् । विद्यालयमा समाजिक शिक्षक नभएको र सरसफाईमा ध्यान कम पुर्याइएको गुनासो समेत बालबालिकाले उठाएका थिए । सो कार्यक्रममा वार्ड अध्यक्ष गोधन प्रसाद हरिजन,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुरेस गुप्ता सहितको सहभागिता रहेको थियो । बालबाकिलाका समस्याबारे उनिहरुले पनि सम्बोधन गरेका थिए ।

वातावरण सरक्षण,सरसफाई र सामुदायिक सदभावबारे विषय केन्द्रित गरि छलफल र प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रमको समापन गर्दै बालबालिकाहरुलाई सरसफाईको महत्व सम्झाउदै उपाध्यक्षले सरसफाई(सेनिटेसन) किट समेत हस्तानान्तर गरेकी थिईन् । विद्यालयमा आवश्यक पर्ने कुचो,हर्पिक,फिनाइल,ट्वाईट ब्रस,बाल्टी,मग लगायतको समाग्रि सेनिटेसन किटमा समावेश गरिएको थियो ।
सो कार्यक्रमको प्रमुख उदेश्य सरकार र युवाविचको खाडललाई पुल सरह जोड्ने रहेको जस्मा स्थानिय सरकार र युवा नागरिकहरु बीच सञ्चार र समझदारीलाई प्रोत्साहित गर्ने रहेको छ । त्यसै गरि प्रेरणा जगाउनेमा विद्यार्थीहरुलाई उनीहरुको समुदायमा सक्रिय रुपमा योगदान गर्न र नागरिक जिम्मेवारी स्वीकार गर्न उत्प्रेरित गर्ने,आलोचनात्मक सोचलाई पोषण गर्ने जस्मा विद्यार्थीहरुलाई सान्दर्भिक मुद्दाहरुमा आफ्ना सोचहरु विचारहरु र चिन्ताहरु ब्यत गर्ने प्लेटफर्म प्रदान गर्ने रहेको छ । त्यसै गरि समावेशिता प्रवद्र्धन गर्ने त्यसमा विविध पृष्टभुमि र धार्मिक सम्वाद्धताका विद्यार्थीहरुको सहभागिता सुनिश्चित गर्ने र रोल मोडेलहरु देखाउनेमा विद्यार्थीहरुलाई सम्मानित नेतासँग अन्तरक्रिया गर्ने र उनीहरुको अनुभवबाट सिक्ने अवसर प्रदान गर्ने रहेको छ ।
कार्यक्रममा सामुदायिक च्याम्पियन कार्यशाला,धार्मिक सदभाव संवाद,सेवा शनिवार,विद्यार्थी परिषद सम्मेलन,भविष्यका नेता पुरस्कार समारोह जस्ता इभेन्टहरु बनाइएका छन् । नेपालको संविधान २०७२ को धारा २४८ सँग मिल्दोजुल्दो कार्यक्रम बनाइएको जस्ले विकासका पहलहरुमा युवा सहभागितालाई प्रवद्र्धन गर्ने स्थानीय सरकारहरुको दायित्वलाई जोड दिईने र यसले युवा नीति २०७५ सँग पनि प्रतिध्वनित गर्नुको साथै यसले युवाह्रुलाई समाजिक र राजनीतिक प्रकृयाहरुमा संलग्न गराउन प्रोत्साहन गर्ने उपाध्यक्ष अंसारीको भनाई रहेको थियो ।
उनका अनुसार यो सामुदायिक र धार्मिक विद्यालयका विद्यार्थीहरुसँग उपाध्यक्ष भेटघाट कार्यक्रमले युवा दिमागहरुलाई शसतिकरण गर्ने,सामुदायिक बन्धनलाई सुदृढ गर्ने,जिम्मेवार र संलग्न नागरिकहरुको पुस्तालाई पालनपोषण गर्ने अनुपम अवसर प्रस्तुत गर्दछ । उनीहरुको विचार,प्रतिभा र नेतृत्व क्षमतामा लगानी गरेर सामुहिक रुपमा अग्रणी नेपालको उज्जवल भविष्य निर्माणमा सहयोगी बन्ने दाबी उनको थियो ।

7 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *