Health Advertisement

जिसस र नेपाली सेनाले शुभारम्भ गरे पुरातात्विक सम्पदा संरक्षण तथा सरसफाई अभियान २०८०

नवलपरासी,२२ पुस
जिल्ला भित्र रहेका धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सरसफाई अभियान २०८० को शुभारम्भ भएको छ । जिल्ला समन्वय समिति र नेपाली सेनाको गोरखदल गण रामग्राम ब्यारेकको संयुतm आयोजनामा उतm अभियान प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)बाट शुभारम्भ गरेको हो ।
राजधानी कोलनगरसँगै प्राचिन कोलिय गणराज्य अन्तरगत रहेका अहिलेसम्म पत्ता लागेको बौद्धकालिन नगरहरु तथा अन्य धार्मिक तथा पुरातात्विक स्थलको संरक्षण तथा सरसफाई अभियान सञ्चालन गर्न आवश्यक रहेको ठहर गरिएको थियो । त्यसै अयिभानलाई नेपाली सेनाको सक्रियता तथा जिससको नेतृत्वमा अभियानको शुभारम्भ गर्दै घोषणा गरिएको जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले बताए । संरक्षण र सरसफाई कार्यमा आवश्यक जनशतिmको ब्यवस्थापन गर्ने कार्य नेपाली सेनाले लिईने र अन्य सरोकारवालासँग समन्वय सहकार्य जिससले गर्ने गरि यो अभियान अगाडी बढाइएको छ,जिसस प्रमुख यादवले भने, यो अभियानमा शसस्त्र प्रहरी,नेपाल प्रहरी तथा अन्य संघसस्थाको समेत सहभागिता रहने छ । सम्बन्धित गाउपालिका नगरपालिका,वार्ड,सरोकारवाला समिति,विज्ञ,जानकार तथा अधिकारी पदाधिकारीसँगको सहकार्य जिससले गर्नेछ ।

भगवान गौतम बुद्धको मावली रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगरबाट यो अभियान शुरु भएको जानकारी गराउदै यसको औपचारिक समापन भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा गरिने छ । यस्तो अभियान सञ्चालनले स्थानियबासीमा पुरातात्विक सम्पदाको संरक्षण,सरसफाई प्रति उत्साह जाग्नुका साथै यसको प्रचार प्रसारमा समेत सहयोगी भुमिका रहने नेपाली सेना गोरखदल गणका कर्नेल ज्ञानकाजी श्रेष्ठले जानकारी गराए । यस्तो सम्पदाको संरक्षणमा सरकारी निकायसँगै स्थानियबासीले निरन्तर गर्नु पर्छ, उनले भने, आवश्यक परेको बेला नेपाली सेना सहयोग गर्न सदैव तयार छ । तर निरन्तरताका लागि स्थानिय संघसस्था र स्थानिय तहले नै जिम्मेवारी बोध गरि पर्यटकिय स्थलको सरसफाईं,विकास,संरक्षण,प्रचार प्रसार तथा अन्य अत्यावश्यक आवश्यक (सौचालय,खानेपानी,सुचनाबोर्ड)पुर्वाधार समेत बनाउनु पर्छ ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी शुरेस पन्थीले यस्ता साँस्कृतिक सम्पदाको संरक्षण गरि पर्यटक आकर्षण गर्नु पर्ने बताएका थिए । सम्पदा छ,तर यसको प्रचार प्रसार भएको छैन,आवश्यक पुर्वाधारहरु बन्न सकिरहेको छैन्,पर्यटक आफै आउदैनन्,आकर्षण थप्ने कार्य स्थानियबासी र स्थानिय तहले गर्नु पर्छ । यसैका लागि अहिलेको स्थानिय तहलाई संविधानले नै अधिकार सम्पन्न बनाएको छ,उनले भने,निर्णय गर्ने अधिकार,आर्थिक स्रोत सहितको ब्यवस्था संविधानले स्थानिय सरकारले दिइएको छ, स्थानिय तहले ठूला ठूला विकास योजना भन्दा यस्तै पुरातात्विक,धार्मिक,प्राकृतिक महत्व भएका स्थानको संरक्षण ब्यवस्थानमा गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।
सोही कार्यक्रममा रामग्राम नगरपालिकाकी कार्यवाहक मेयर सम्झना चौधरीले गत बुद्ध पुर्णिमा देखी यो राजधानी कोलनगरबाट रामग्राम स्तुपासम्म धातु जात्रा समेत निकालेर मनाउने कार्य गरिएको थियो । त्यसलाई निरन्तरता दिदै अगामी दिनमा थप कार्यक्रम बनाएर राजधानी र स्तुपा क्षेत्रमा पर्यटक आकर्षित गर्ने आश्वासन दिएकी थिईन् । कार्यक्रमको सञ्चालन गर्दै जिल्ला समन्वय अधिकारी ज्ञानु प्रसाद पनेरुले कार्यक्रम बनाएर काम गर्न नसकिए पनि यस्ता अभियान सञ्चालन गरेर पनि जनतामा जागरुकता ल्याउन सकिन्छ,भनेर जिससले यसको नेतृत्व लिई अभियानको थालनी गरेको बताएका थिए । यो स्थानको ऐतिहासिक महत्वबारे पत्रकार बेचु गौडले जानकारी गराएका थिए,भन्ने आजको सन्दर्भमा विपश्यना साधक रामप्रसाद पाण्डेले बौद्ध शिक्षा तथा बुद्धले खोज गरेको विद्या विपश्यनामा भाग लिईनु पर्ने सुझाव दिइएको थिए ।
अभियानलाई निरन्तता दिदै सुनवल नगरपालिका ७ स्थित प्राचिन उत्तरक नगर,सरावल गाउपालिका १ स्थित प्राचिन सज्जनेल नगर,कुण्डियनगर,सरावल २ स्थित प्राचिन ककरपत्त नगर,सरावल ३ स्थित प्राचिन सापुगा नगर,वर्दघाट १२ दविला स्थित प्राचिन हल्लिदावन नगर,सुस्ता २ सतपति सत्तितपठ्ठान देशना स्थल,सुस्ता ५ स्थित अनोमाघाट,पाल्हीनन्दन ६ स्थित नन्दनताल र नन्दन सिटी,पाल्हीनन्दन ४ स्थित पाल्हीभगवती मन्दिर,सुनवलको भुमही स्थित बाबा वर्दगोरिया लगायतका स्थानहरु समेटिने छन् । सो क्रममा अन्य स्थानलाई पनि समावेश गर्न सकिने जिससले जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *