Health Advertisement

रामग्राम स्तुप क्षेत्रमा उत्खनन उपलब्धी प्राचिन बौद्ध विहार र पोखरीको प्राप्ती भएको उत्खनन् टोलीको भनाई

नवलपरासी,१० मंसिर
भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा भई रहेको उत्खननले चिनियायात्री ह्वेगँसाँग र फाइयानले बर्णन र भुभौतिक सर्वेक्षण अनुसारका अधिकाँश संरचना भेटिएको उत्खनन टोलीले जनाएको छ । रामग्राममा गत २९ तारिख देखी भई रहेको उत्खननका क्रममा भेटिएका आधार प्रमाणबारे उत्खनन टोलीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
रामग्राम नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा वेलायत दुराम विश्वविद्यालयका पुरातत्व विद,नेपाल सरकार पुरात्व विभाग र लुम्बिनी विकास कोष लगायतका पुरात्व अधिकृत तथा विज्ञहरु तथा स्थानिय प्रशासन,स्थानियबासी विच उत्खननको उपलब्धी बारे जानकारी गराइएको थियो । भुभौतिक सर्वेक्षणमा देखिएका संकेतको आधारमा उत्खनन गरिए पछि प्राचिन पोखरी र विहारका पर्खालहरु फेला परेको पुरातत्व विद रबिन कनिघंमले जानकारी गराएका थिए । त्यसै गरि पुरातत्व विभागले गरेको अन्वेषण खोज उपलब्धी तथा अगामी योजनाबारे जानकारी पुरात्व विभागका प्रमुख राम बहादुर कँुवरले जानकारी गराएका थिए ।

बौद्धकालिन इतिहास अनुसार पुरातात्विक बस्तुहरु फेला परिसकेका छन्, उनले भने, यो उप्रान्त अब प्राचिन कोलिय गाण्राज्यको राजधानी पण्डितपुर र यो रामग्राम स्तुपसँगै जोडेर विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने आधार बनेको छ । विश्वसम्पदा सुचिमा सुचिकृत गर्नका लागि अब पुरातत्व विभागले प्रतिवेदन तयार गरि नेपाल सरकार समक्ष प्रस्तुत गर्नेछ । सरकारले युनेस्कोमा पेश गर्नेछ । युनेस्कोले थप अध्ययनका लागि टोली खटाई यसको पुष्टयाई गरेर विश्वसम्पदामा सुचिकृत हुने प्रकृयाको शुभारम्भ हुनेमा उनले विश्वास ब्यतm गरेका थिए ।
चिनियायात्रीले गरेको बर्णन र भुभौतिक सर्वेले देखाएका सँकेतको आधारमा उत्खनन गर्दा प्राचिन विहार तथा पोखरीका अवशेष भेट्ेको उत्खनन टोलीले देखाएको थियो । रामग्राम स्तुपबारे भारतीयद्धारा पनि विभिन्न दुष्प्रचार भई रहेको बेला अहिले रामग्राम स्तुपक्षेत्रको उत्खननले थप खण्डनन गर्न थालेको हो । अहिलेको उत्खननले थप प्रमाण उपलब्ध गराएको छ । यो रामग्रामबासीलाई मात्र होईन्,सम्पुर्ण नेपालीकै लागि गौरवान्वित गर्दैछ । भगवान गौतम बुद्धको अस्थिधातुलाई आठ भागमा वितरण गर्दा आठ भाग मध्ये एक भाग कोलिय राजाहरुले पाएको भागलाई राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए । पछि तत्कालिन मगध सम्राट अशोकले सबै स्तुपको उत्खनन गराई संसार भरि विगतरण गरि ८४ हजार स्पुप निर्माण गराउने अभियानमा लागेका थिए ।
अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीले यो (रामग्राम) स्तुप नखनिदिन आग्रह गरे अनुसार सम्राट अशोकले यो स्तुप(रामग्राम) स्तुपको उत्खनन गरेरनन् । ति नागबंशी भिच्छुका लागि त्यही विहारको समेत निर्माण गराउन लगाएका थिए । त्यस पछि चिनियायात्री ह्वेगँसाँग लुम्बिनी क्षेत्रको भ्रमण गर्ने क्रममा आउदा आफुले लुम्बिनी पुर्वमा राजधानीको अवशेष भेटिएको र त्यसको दक्षिण पुर्व दिसामा एक स्तुप भएको र ति स्तुप नजिकै पोखरी र विहार समेत रहेको कुरा उल्लेख पाईन्छ ।
यसले गर्दा अहिले कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) लाई पनि पुरातत्व विभागले उत्खनन गरि शाक्यहरुको कपिलबस्तु राज्यको तिलौराकोट राजधानीका समकालिन इसापुर्व ७ सयसम्मका प्राचिन बस्तुहरु भेटिएकाले कोलिय गणराज्यको राजधानी पण्डितपुरलाई नै कोलनगर वा प्राचिन देवदह भनेर राजधानी प्रमाणित गरेको छ । सो राजधानी देखी दक्षिण पुर्वमा रहेको यो स्तुपा नजिकैको विहार र पोखरीले स्तुपा भएको प्रमाणहरु देखिन थालेको छ । अब सम्भवतःविश्व सम्पदामा सुचिकृत हुन सक्ने धेरै प्रमाणहरु जुटि सकेको उत्खनन टोलीको पनि भनाई थियो । झण्डै दुई दशक रोकिएको उत्खनन कार्य अहिले पुनःशुभारम्भ भएकोमा खुशी ब्यतm गर्दै आएका स्तुपमा चिनियायात्रीको बर्णन अनुसारको पुरातात्विक बस्तु फेला पर्दा थप उत्साही भएका छन् ।
विगत केही बर्ष अगाडी रामग्राम स्तुपाको उत्तर पश्चिम क्षेत्रमा जिओफिजिक्स(भुभौतिक सर्वे)द्धारा पहिल्याएको विहार र पोखरी क्षेत्रमा तिन वटा ट्रेन्स लगाई उत्खनन कार्य गरिएको थियो । सुचिकृत प्रकृयाका लागि विहार र पोखरी क्षेत्रको पुरातात्विक आधार बाहिर देखाईन्छ । ततपश्चात यसको बैज्ञानिक बर्ष आधार इतिहासको आधारमा खोज्ने कार्य हुन्छ । सन १८९८ मा डा.डब्लु होयद्धारा रामग्राम स्तुप यहिँ नै हो भनेर उल्लेख गरेका थिए । त्यस पछि स्तुप क्षेत्रको भुभौतिक सर्वे गरि १९९९ र २००१ मा उतm क्षेत्रको उत्खनन कार्य शुक्रसागर श्रेष्ठद्धारा गरिएको थियो ।
शुक्रसागर श्रेष्ठको उत्खनन पश्चात दुई दशकसम्म उत्खनन कार्य रोकिदा अहिले यस क्षेत्रको समग्र विकास कार्य नै अवरुद्ध भएका छन् । त्यो बेला उत्खनन गर्दा मौर्यकालिन मौर्यन स्टोनका टुक्रा फेला परेको स्तुपको वरिपरि विभिन्न सुन्याघार जस्ता पुर्वाधारहरु फेला परेको थियो । त्यसैले पनि रामग्राम स्तुपाको आधार तयार गरेको थियो । रामग्रामबारे बौद्ध साहित्य तथा इतिहासका आधारमा भगवान गौतम बुद्धको भारत कुशिनगरमा महापरिनिर्वाण पश्चात उनको अस्थिलाई विभिन्न ८ भागमा बाडिदा बुद्धका मावली राज्यका कोलिय राजाहरुले पाएको अस्तुको भागलाई ल्याएर आफ्नो राजधानीको पुर्व दक्षिण दिसामा अस्तु राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए ।
ति स्तुपको संरक्षण,पुजा,पाठ,ध्यान अभ्यास निरन्तर नागबंशीहरुले गर्दै आएका थिए । तत्पश्चात तत्कालिन मगधका सम्राट अशोक बुद्धका सात वटा स्तुप उत्खनन गराई ति धातु संसारका ८४ हजार स्थानमा वितरण गर्ने अभियानको क्रममा अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आएका थिए । उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीहरुले यो स्तुप धर्मको धरोहर हो,भन्दै स्तुप उत्खनन नगरिदिन आग्रह गरेका थिए । आफुहरु बाचुन्जेल स्तुप खन्न नदिने नागबंशीको अटल विश्वासबाट प्रभावित भई सम्राट अशोकले नागबंशीसँग सम्बाद सिला बनाई स्तुप क्षेत्रमा राख्न लगाएको,ति नागबंशी तथा भिच्छुका लागि नजिकै बौद्ध विहार बनाई दिएको र स्नानका लागि पोखरीको निर्माण गर्न लगाएका थिए ।
रामग्राम स्तुप,प्राचिन इतिहास,धार्मिक धरोहर,बौद्धकालिन संस्कृतिको आधार र अध्यात्मिक अभ्यासका लागि संसारकै लागि हेर्न लायक स्थल हुनेमा सबैले विश्वास गरेका थिए । संसारको एक मात्र सिगाँे अष्टधातु रहेको यो रामग्राम स्तुपमा प्राचिन कालमा पनि स्तुप नजिकै अध्यात्मिक अभ्यासका लागि सुन्याघारहरु रहेको,भिच्छु बस्ने विहार पनि संगै फेला परेकोले यस क्षेत्रमा अध्यात्मिक अभ्यासका लागि विश्वकै लागि एक उपलब्धी हुनेछ । भगवान बुद्धको अस्तुधातु रहेको स्थानमा श्रद्धापुर्वक एउटा फूल मात्रै अर्पण गर्नाले मानिसको लागि देवलोकको बाटो खुल्ने बौद्ध साहित्यमा उल्लेख पाईन्छ । स्तुपमा बसेर ध्यान विपश्यना गर्नाले जरामरणको मुतिmको बाटोसम्म पुर्याउने अध्यात्मिक मान्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *