
नवलपरासी,२७ बैशाख,
जिल्लाको सरावल गाउपालिकाले विद्यालयमा भर्ना अभियानसँगै आमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । बालबालिकासँग सबै भन्दा नजिक रहने आमा अभिभावकलाई नै जागरुक बनाउदै शैक्षिक सुधारका अभियान चलाउन सकिने निष्कर्ष निकाल्दै गाउपालिकाले सो अभियान सञ्चालन गरेको हो ।

विद्यालयमा बालबालिका भर्ना गरे पनि सामुदायिक विद्यालयका अभिभावकहरु आफ्नै बालबालिकाको आवश्यकता पठन पाठन प्रति निगरानी लगायतका कुरामा ध्यान नदिईने हुदा यस्तो आमा अभिभावक शिक्षा सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । पहिलो चरणमा अभिभावक मध्ये आमा अभिभावकहरुको छनौट गरि एक दिने कक्षा सञ्चालन गरिएको हो,अध्यक्ष चौधरीले भने,यसले आमाहरु आफ्नो बालबालिका प्रति पठन पाठन तथा शैक्षिक गतिविधिमा निरन्तर सहयोग गर्ने गरि प्रतिवद्धता समेत जनाएका छन् ।

आमा अभिभावक शिक्षा कक्षा कार्यक्रममा सहभागि हुने अभिभावकहरुले आफ्नै छोरा छोरी माथि गरिने ब्यहार प्रति अनभिज्ञ रहेर धेरै गत्नि गरिरहेको समेत स्वीकार गर्ने गरेको कक्षा सञ्चालन गर्ने प्रशिक्षक रामप्रसाद पाण्डेले बताए ।
यसले अभिभावकहरुमा उत्प्रेरणा बढाएको छ,उनले थपे,बालबालिका विद्यालयमा ६ घण्टा मात्र विताउने गर्छन,तर अभिभावकसँग नै १८ घण्टा हुने हुदा शिक्षक भन्दा कम जिम्मेवारी अभिभावकहरुको हुदैन् ।

बढि गम्भिरता पुर्वक विद्यार्थी तथा आफ्ना सन्तानको शिक्षा दिक्षामा ध्यान पुर्याउनु पर्ने कुरा तालिम मार्फत आमाहरुलाई सिकाउने कार्य गरिएको छ । उनले अभिभावकहरुमा विभिन्न संस्कार र संस्कृति उल्टो भएको उदाहरण मार्फत पनि चित्रित गर्ने गर्दा अभिभावकमा गम्भिर रुपमा लिइने गरेको सुनाए । घरमा कुनै प्रधानमन्त्री लगायत कुनै उच्च ओहदाका मानिस आउदा गरिने स्वागत सत्कार र ब्यवहार राम्रो हुने गर्छ । तर त्यस्ता उच्च ओहदाका मानिस यदि संगै नदीमा डुब्दा कस्लाई बचाउने भनेर सोध्दा आफ्नो छोराछोरीलाई अभिभावकले बताउने गर्दा अभिभावकलाई किन यस्तो दोहोरो चरित्र देखाएको प्रश्न पछि उनीहरु गम्भिर र भावुक बन्ने गरेको बताए । जुन स्वागत सत्कार र ब्यवहार कुनै उच्च ओहदाका ब्यतिmलाई गरिन्छ,त्यही स्तरकै स्वागत सत्कार ब्यवहार आफ्ना बालबालिकालाई गर्नु पर्ने सिकाई पनि तालिममा सिकाईदै आएको उनको भनाई थियो ।

संसारमा जुन कुरा सबैले हुन सक्दैन भनेर भनिसकेका कुरा आमालाई यदि विश्वास छ,कि मेरो सन्तानले त्यो गर्न सक्छ,ति कुरा आमाहरुको उत्प्रेरणाले गरेर देखाएको थुप्रै उदाहरण मार्फत पनि आमा अभिभावकहरुलाई सिकाईदै आएको प्रशिक्षक पाण्डेले बताए । उनले नेपोलियन बोनापार्टकै उदाहरण पनि आमाहरुलाई सिकाउदै भनेका थिए, कि जुन बेला नेपोलियन सानो थिए र आफ्नो आमासँग उदाउदै गरेको चन्द्रमा मलाई दिनुस भनेर जिद्द गरेका थिए,उनकी आमाले त्यो चन्द्रमा छोराको हातमा कसरी दिईने भन्ने उपाय खोज्दै जादा उनले ऐना लिएर छोराको हातमा थमाईन र चन्द्रमा ऐना मार्फत नेपोलियनको हाथमा पर्यो,त्यो बेला नेपोलियनलाई चन्द्रमाको खगोलिय ज्ञान त थिएन्,तर आमाले चन्द्रमा मेरो हाथमा ल्याईदिन भनेर उत्साही हुदै उफ्रेका थिए । सम्भवतः त्यसैको प्रभावले उनको जिवनमा प्रभाव पार्यो कि संसारका एक साहसी ब्यतिmको रुपमा अहिले पनि चिनिने गरेका छन्,प्रशिक्षक पाण्डेले भने ।

यस्तै आमासँग ज्ञान दिइने हौसला बढाई दिने विधि र प्रकृया जानकारी भयो भन्ने आफ्ना छोराछोरीको भविष्य बनाउन उत्साह बढाउन सक्छिन,नकी तिमी केही गर्न सक्दैनौ भनेर निरुत्साही बनाउने हो । यस्तै उदाहरण दिदै आमाहरुलाई उनीहरुको बालबालिका र विद्यार्थी प्रतिको कर्तब्यनिष्ठालाई बुझाउने गरिएको छ,उनले थपे,यसले जुन जुन विद्यालयमा आमा अभिभावक शिक्षा चलाईएको छ,ति विद्यालयमा धेरै परिवर्तन देखिन थालिएका छन् । बाबु अभिभावकलाई सो अभिभावक शिक्षा सञ्चालन गर्दा बाबुले विर्सन सक्ने भए पनि आमा अभिभावकहरुले ति कुरा लागु गर्ने र अधिकाँस बालबालिका बाबु भन्दा आमासँगै नजिक रहने हुदा पहिलो चरणमा आमा अभिभावकहरुलाई शिक्षा कार्यक्रम चलाइएको उनको भनाई थियो । केही बर्ष पहिला वर्दघाट नगरपालिकाबाट शुरु गरिएको अभिभावक शिक्षा कार्यक्रम जिल्लाकै सुस्तामा यसै बर्ष सञ्चालन भएको थियो । अहिले भर्ना अभियानसँगै सरावल गाउपालिकाले सञ्चालन गर्यो ।


ढिलै भए पनि रामग्राम नगरपालिकाले पनि आमा अभिभावक शिक्षा सञ्चालन गर्ने जनाएको छ । पिस क्लब इन्टरनेसनलको समन्वयमा गाउपालिकाले सो शिक्षा कार्यक्रम सञ्चालन गरेको अध्यक्ष चौधरीले जानकारी गराए । उनका अनुसार गाउपालिकाका १० वटा विद्यालयमा आधारभुत तहमा अध्ययनरत विद्यार्थीका ६ सय ३४ जना आमा अभिभावकलाई सो अभिभावक शिक्षा सञ्चालन गरिएको छ । अगामी बर्षमा पनि यसलाई निरन्तरता दिदै जाने लक्ष्य रहेको छ । केही बर्षमा सबै आमा अभिभावकलाई यस्तो शिक्षा आवश्यक रहेको महशुस भईरहेको बताउदै उनले यस्ता कार्यक्रम नियमित रुपमा सञ्चालनको आवश्यकता महशुस भएको र गर्दै जाने लक्ष्य पनि आफुले लिएको बताए ।

Very interesting info!Perfect just what I was looking
for!Expand blog