
नवलपरासी,१८ भदौ
जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भएर जाने भारतिय पश्चिमी नहर सिचाई प्रणालीको उपयोग गरि र्याफटिगँ शुरु गर्ने भएको छ । बर्षाै देखी नहर प्रतापपुर गाउपालिका भएर बग्ने गरे पनि त्यसको उपयोग कहि कतै नदेखिए पछि गाउपालिका अध्यक्ष उमेशचन्द यादवले र्याफ्टिगँ शुरु गर्ने योजना ल्याएका हुन् ।
आन्तरिक तथा बाह्य पर्यटन विकास गर्ने उदेश्यले र्याफटिँग शुरु गर्ने अध्यक्ष यादवले बताए । फलामे गेट देखी सुर्यपुरा स्थित गण्डक जनविद्युत केन्द्रसम्म र्याफटिँग शुरु गरिने उनको भनाई थियो । नहरमा १२ देखी १५ हजार क्युसेक पानी नियमित प्रवाह हुन्छ,उनले भने, वरिपरि ठाँउ ठाँउमा नहरबाट बाहिर आउने जाने खालका भर्याँगहरु बनि बनाउ नै छन् । धेरै संरचना बनिबनाउ नै भएको हुदा आवश्यक र्याफटिँग गर्ने खालका प्लाटिकका डुगाँ र त्यसमा बस्ने यात्रुका लागि लाईफ जकेट खरिद गरेर तत्कालै शुभारम्भ गरिने योजना भए पनि त्यसका लागि आवश्यक कानुनी प्रकृया र सम्भाब्यता अध्ययन गरिने कार्य लगाईको हुदा केही समय लाग्न सक्ने उनले संकेत गरेका थिए ।
फलामे पुल देखी प्रतापपुर पुल,अठिलहि पुल नजिकै पनि ठाँउ ठाँउमा रोक्न सक्ने ? सुरक्षाको दृष्टिकोणले अपनाउने साधन र योजनाको समेत सम्भावना अध्ययन गरिने छ । खेर गईरहेको नहरको पानीलाई जलविहार र्याफटिँगमा उपयोग गरिने छ । यसमा ठूलो सम्भावनाहरु देखिएको छ, उनले भने, शुभारम्भ गाउनपालिकाले गर्ने छ,त्यस पछि निजी क्षेत्रलाइ पनि यसका लागि प्रवद्र्धन गरिने छ ।
गण्डक बाँधबाट भारतको उत्तर प्रदेशमा सिचाई गर्नका लागि जाने भारतिय पश्चिमी नहर नेपाली भुमि भएर नै उत्तर प्रदेशमा जाने गरेको छ । विभिन्न स्थानमा स साना परिमाणको नदी नालामा पनि यस्तो र्याफटिँगहरु भएका छन् । तर यहाँ यति धेरैको पानी त्यसमा पनि पानी नियन्त्रित गर्ने प्रणाली समेत भए पनि यता तर्फ विगतमा कसैको ध्यान नगएको उनको भनाई थियो । बुटवल र भैरहवासम्मका ब्यतिm यो समणिय स्थलमा र्याफटिगँ गर्न आउन सक्ने सम्भावना रहेको छ । भारतको उत्तर प्रदेश र विहार प्रदेशबाट पनि यस क्षेत्रमा आउने पर्यटकलाई आकर्षण बन्न सक्छ । स्थानियलाई पनि ब्यवसायसँगै रमाईलो गर्ने अवसर जुटाउने छ । लुम्बिनीमा आउने पर्यटक पनि सिद्धार्थ गौतम गृहत्याग गरि महाभिनिष्क्रमण लिएको स्थल अनोमा घाटमा आउने गरेका छन् । ति पर्यटकलाई पनि यो र्याफटिगँले आकर्षित गर्नेमा उनी विश्वस्त देखिएका छन् ।
थोरै लगानीले यो जिल्लाकै प्रभावशालि पर्यटकिय गन्तब्य बन्ने सक्ने सम्भावना रहेकोले यस्तो सोच ल्याइको अध्यक्ष यादवको दाबी थियो । र्याफ्टिगँ मात्र होईन,नहर भित्रै जल यातायात समेत चलाउन सक्ने अवस्था रहेको छ । भारतिय पक्षलाई खसै यसबारे असर नपर्ने भएको हुदा अवरोध नहुने उनको भनाई थियो । भारतलाई चाहिने पानी हो, उनले भने, जल यातायात र र्याफटिगँले पानी घटाउने बढाउने गर्दैन् । त्यो भएर यसमा अवरोध हुने उनको भनाई थियो । नहरको दुबै किनारमा सर्भिस रोड र नहरको पुर्वि उत्तरी भागको तल्लो तटिय भागमा पनि सडक छ । त्यसमा पनि जैविक यातायात जस्तै घोडचढी र गाडाको समेत पछि ब्यवस्थान गर्दै नहरलाई सजाएर पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको छ । नहरमा पानी नभएको बेला पनि नहरको उत्तरी पुर्वि भागमा पानी रहने हुदा त्यसमा र्याफटिगँलाई निरन्तरता दिन सकिन्छ । उखु र केरा यस क्षेत्रको प्रमुख बाली हो,केरा खादै उखुको जुस पिउदै र्याफटिगँ गराईने छ ।
उनले आफ्नो सय दिनको कार्यकालको कार्य प्रगति सुनाउने क्रममा यस्तो पनि योजना रहेको सुनाएका थिए । केही महिनामै तपाईहरु पनि नहरमा र्याफटिगँ गर्न पाउनु हुन्छ,विश्वास गर्नुस,उनले उत्साही हुदै भने,यो धेरै पहिला देखीको यो मेरो सपना थियो,तर स्थान नपाउदा शुभारम्भ गर्न सकिएको थिएन् । अहिले जनताले गाउपालिका अध्यक्ष बनाएका छन् । गाउपालिकाको आर्थिक विकासमा समेत यस्तो टेवा पुर्याउने भएको हुदा र्याफटिगँ गराउने योजनाको सम्भाब्यता कार्य भई रहेको छ ।
Hello there, just became aware of your blog through
Google, and found that it’s truly informative.
I’m gonna watch out for brussels. I will be grateful if you continue this in future.
Lots of people will be benefited from your writing.
Cheers!
I was looking at some of your posts on this website and I conceive this internet site is real instructive!
Keep on posting.?