गाउसभा पश्चात प्रतापपुर गाउपालिकाले गर्यो सार्वजनिक सुनुवाई
नवलपरासी,११ असारजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपाालिकाको गतिविधि सार्वजनिक गर्दै जनताको जुनासो र सुझाव प्रत्यक्ष रुपमा सुन्ने सुनाउने गरि सार्वजनिक सुनुवाई गरेको छ । बार्षिक रुपमा दुई पटक सार्वजनिक सुनुवाई गर्नु पर्ने गाउपालिकाको लक्ष्य बमोजिम गाउसभा सकिने वित्तिकै सार्वजनिक सुनुवाई गरिएको जानकारी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले जानकारी गराएका हुन् ।विगत बर्षमा सार्वजनिक सुनुवाई गर्ने कार्य रोकिएको भए पनि नव निर्वाचित जनप्रतिनिधि आए पश्चात अहिले सार्वजनिक सुनुवाईले पुनः निरन्तरता पाएको हो । सार्वजनिक सुनुवाईले गाउपालिका भित्र शुसासन चुष्टदुरुष्त बनाउदै जाने र जनताको भावना र चाहनालाई समेत सम्बोधन गर्न सक्ने माध्यम भएको हुदा सार्वजनिक सुनुवाई गाउपालिकाका लागि महत्वपुर्ण कार्यक्रम भएको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । नेपालको संविधान २०७२ अनुसार नेपालमा ति...