पिस पार्क रामग्राम स्तुपा र बुद्धको मावली पण्डितपुरकै एक अभिन्न भाग हुने ः मेयर यादव
नवलपरासी,६ साउनहालै सञ्चालनमा आएको रामग्राम ८ उनवछ स्थित पिस पार्क चर्चा पाए पछि त्यसको स्थलगत अवलोकन गर्न रामग्राम नगरपालिकाका नगर प्रमुख(मेयर) धनपत यादव पुगेका छन् । पिस क्लब इन्टरनेसनल नवलपरासीको ब्यवस्थापनमा सञ्चालनमा आएको उतm पार्क स्थलमा अहिले शान्त र मनोरम दृष्य भएको स्थानमा समय बिताउने देखी मिटिगँ बैठक गर्ने संघ सस्थाहरुको आकर्षण बढे पछि सो पार्कलाई थप ब्यवस्थापन गर्ने उदेश्यले नगरप्रमुख यादवले शनिवार विहान अवलोकन गर्न पुगेका हुन् ।परासीको यो पिस पार्क रामग्राम स्तुपा र बुद्धको मावली पण्डितपुरकै एक अभिन्न भाग हुने देखिएको उनले नगरप्रमुख यादवले महशुस भएको बताएका थिए । झरही किनारमा रहेको झण्डै पाँच विघा क्षेत्रफलमा फैलिएको वृक्षारोपण गरिएको रुख बोट विरुवाले भरिएको उतm स्थान गर्मियाममा समय विताउनका लागि पिस क्लबले पिस पार्कको रुपमा ब्यवस्थापनम जुटेको छ । यहिँ साउन १ गते देखी उतm पार्क...