पाल्पा सिमेन्टले गरेको बन अतिक्रमण प्रति सरोकारवाला मौन
नवलपरासी, १८ मंसिरजिल्ला स्थित सरकारी बन क्षेत्र अतिक्रम्ण गरि उद्योगले सडक बनाए पनि सरोकारवाला कार्यालयले अतिक्रमण नियन्त्रणमा चाँसो नदेखाएको आरोप स्थानियले लगाएका छन् । जिल्लाको सुनवल नगरपालिका ७ स्थित लोकेश्वर सामुदायिक बन क्षेत्र भित्र पाल्पा सिमेन्ट मिलले बनको जग्गा अतिक्रमण गरि सडक बनाएको भए पनि अतिक्रमण खाली गराउनमा डिभिजन बन कार्यालयले चाँसो नलिएको आरोप सामुदायिक बनले लगाएको हो ।पाल्पा सिमेन्ट उद्योगले गरेको अतिक्रम्ण प्रति सरोकारवाला मौन देखिएको आरोप स्थानियबासीको रहेको छ । उद्योगले पुर्व पश्चिम राजमार्गको कजरार खोला पुल नजिकैबाट बन क्षेत्र अतिक्रम्ण गरि खोला मिचेर एकतर्फि उद्योगका समाग्रि ढुवानी गर्न सडक बनाएको छ । कुल ३ किलोमिटर सडकमा झण्डै एक किलोमिटर सडक बन क्षेत्र रहेको छ । बाकी खोलाको किनारै किनार उद्योग परिसरसम्म सडक पुर्याएको छ । उतm सडकमा चुनढुगाँ ढुवानी गर्नका लागि ग्राभ...