प्रतापपुर गाँउपालिका

गण्डक नहर सिल्टबेसिन ८०% सम्पन्न, सिंचाई कार्यालयले किसानलाई पानी सुनिश्चित गर्ने दाबी
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

गण्डक नहर सिल्टबेसिन ८०% सम्पन्न, सिंचाई कार्यालयले किसानलाई पानी सुनिश्चित गर्ने दाबी

बेचु गौडनवलपरासी, ६ फागुननिर्माणाधिन नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सिल्टबेसिन(बालुवा थिग्राउने संरचना) को अधिकाँस काम भई सकेको हुदा बर्षे खेतीका लागि गण्डकमा पानी प्रवाह हुने दाबी आयोजना कार्यालयले जनाएको छ । संरचना निर्माण ढिलाईले हिउँदेबाली र गर्मियामको बालीनालीलाई सिचाईका पानी प्रवाह गर्न नसकेको सिचाई प्रणालीको ब्यवस्थापन कार्यालयले दाबी गरेको हो ।हिउँदमा ५० प्रतिसत काम मात्र सम्पन्न भएको हुदा हिउँदेबालीलाई सिचाई रोकेर भए पनि आयोजनाका कार्य छिटो गराउन तर्फ लागिएको हुदा कामले तिब्रता पाएको र बर्षे खेतीका लागि पानी प्रवाहमा समस्या नहुने ब्यवस्थापन कार्यालयका प्रमुख तिलकराम बुढाथोकीले बताए । उनका अनुसार अहिले कामको प्रगति ८० प्रतिसत भएको छ । बाकी दुई महिनामा काम सकिने लक्ष्य राखिएको छ । संरचना निर्माणमा ढिलाई हुदा त्यसको मार स्थानिय किसानले ब्यहोर्ने अवस्था देखिएको थियो । तर अहिल...
प्रतापपुर गाउपालिकाद्धारा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई
प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

प्रतापपुर गाउपालिकाद्धारा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई

नवलपरासी,२५ फागुनजिल्लाको प्रतापपुर गाउपालिकाले आथिक बर्ष २०८१/०८२ मा गरिएका कार्य प्रगति तथा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । स्थानिय सरकारले आफ्‌ना गतिविधि तथा कार्यक्रम जनता माझ सार्वजनिक गर्ने र जनतामा रहेका गुनासाहरुको प्रत्यक्ष जवाफ दिने गरि आईतवार सार्वजनिक सुनुवाई गरिएको हो ।सार्वजनिक सुनुवाईमा सहभागिहरु मध्येबाट २० जनाले गाउपालिकाका सेवा प्रवाह तथा योजनाबारे गुनासो तथा प्रश्न राखेका थिए । कोलिय मिडिया एण्ड आईटी सोलुसन प्रालिको सहजीकरणमा भएको उतm सार्वजनिक सुनुवाईमा गाउपालिका शिक्षा अधिकारी दिल्लीराम ढुगाँना, ९ नं. वार्ड अध्यक्ष जयकिसुन चौधरी,प्रमुख प्रशासकिय अधिकृत अर्जुन चौधरी,उपाध्यक्ष मानकुमारी चौधरी र गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले जवाफ दिइएका थिए । झण्डै एक सय प्रश्नहरु गरिएको थियो । सुनुवाईमा एमालेका गाउपालिका अध्यक्षले सहकारीसँग सम्बन्धित समस...
प्रतापपुर गाउपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर गाउपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा

नवलपरासी,२४ फागुनजिल्लाको प्रतापपुर गाउपालिकाको निर्माणाधिन प्रशासनियक भवन अन्तिम चरणमा पुगेको छ । देश भरि विभिन्न अयोजनाहरुको निर्माण कार्य ढिलाई भई रहेको भए पनि प्रतापपुरका प्रशासनिक भवन निर्माण कार्यलाई तिब्रता दिए पछि अहिले अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको हो ।अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागेको थियो । अहिले भवनको निर्माण अन्तिम चरणमा पुगेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । उनका अनुसार यसै आर्थिक बर्ष भित्र आफ्नो प्रशासनिक भवनमा सर्ने लक्ष्य रहेको छ । साविक प्रतापपुर गाविसलाई गाउपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नु पर्ने नीतिगत बाध्यताका कारण विगत बर्षमा भवनको निर्माण हुन नसकेको थिएन् । जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रति...
हुलाकी राजमार्ग आयोजना कार्यालयमा धर्ना बस्न जाने भन्दै प्रतापपुर गाउपालिकाद्धारा आम जनतालाई अपिल
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

हुलाकी राजमार्ग आयोजना कार्यालयमा धर्ना बस्न जाने भन्दै प्रतापपुर गाउपालिकाद्धारा आम जनतालाई अपिल

नवलपरासी,२१ फागुनजिल्लाको हुलाकी राजमार्ग सेमरी — त्रिवेणी खण्ड पाँच बर्ष वित्दा पनि सम्पन्न नभए पछि त्यसबाट प्रभावित प्रतापपुर गाउपालिकाले हुलाकी आयोजना कार्यालय कपिलबस्तु गोरुसिँगेमा धर्ना बस्न जाने पिडितहरुसँग अपिल गरेको छ । गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बुधवार एक प्रेस विज्ञप्ती प्रकासित गर्दै उतm अपिल गरेका हुन् ।स्थानिय स्तरबाट पटक पटक ध्यानाकर्षण,धर्ना लगायतका कार्य गरि सचेत गराउदै आएको भए पनि आयोजना कार्यालय र सम्बन्धित निर्माणा ब्यवसायीहरुले झुठ्ठा आश्वासन दिइने र पिडितलाई झुक्याउने कार्य गर्दै आएको बताउदै आयोजना कार्यालयमै पुगेर धर्ना बस्ने योजना बनाइएको अध्यक्ष यादवले बताएका छन् । यहिँ फागुन २६ गते धर्ना बस्न जाने भनेर विज्ञप्तीमा उल्लेख गरिएको छ । यो भन्दा पहिला पनि अध्यक्ष यादवले आसोज ३ गते नै दशै सकिने वित्तिकै काम शुरु गर्ने भन्दै अनसन कार्यक्रम स्थगित गराएको थियो । त...
अनोमाघाटको प्रवद्र्धनका लागि पदयात्रा निकालिने
पर्यटन, प्रतापपुर गाँउपालिका, समाचार

अनोमाघाटको प्रवद्र्धनका लागि पदयात्रा निकालिने

नवलपरासी, ८ फागुनजिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई प्रचार प्रचार तथा प्रवद्र्धन गर्न प्रतापपुर गाउपालिका अध्यक्षले पदयात्रामा निस्कने बताएका छन् । सिद्धार्थ गौतमले महाभिनिष्क्रमण(गृहत्याग गरि सन्यास लिएको ) उतm स्थानको प्रचार प्रसार प्रवद्र्धन गर्न सकिए बौद्धतिर्थ स्थल तथा पर्यटकिय गन्तब्य बन्न सक्ने भएको हुदा पदयात्रा मार्फत प्रवद्र्धन गर्ने उनले बताएका हुन्सुूस्ता गाउपालिकामा उतm स्थान परे पनि प्रतपापुरसँगै जोडिएको हुदा भेगिय हिसाबले पनि स्वामित्व ग्रहण गरि लुम्बिनी प्रदेश स्तरको पदयात्रा निकाल्ने सोच रहेको उनले सुनाए । प्रतापपुर गाउपबालिकाबाट पनि रु एक लाख बजेट विनियोजन गरि पर्यटन पुर्वाधार बनाउने प्रयास थालिएको छ, उनले भने, पुर्वाधारसँगै त्यस स्थानको प्रचार प्रसार पनि उत्तिकै आवश्यक छ । समय ब्यवस्थापन गरि छिट्टै नै कार्यपालिकासँग छलफल गरि पालिका स्तरबाटै पदयात्रा योजना बनाई निस्कने उ...
न्यायमा पहुँचका लागि गाँउ टोलमा अभियान चलाउदै प्रतापपुरकी न्यायिक समिति संयोजक चौधरी
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

न्यायमा पहुँचका लागि गाँउ टोलमा अभियान चलाउदै प्रतापपुरकी न्यायिक समिति संयोजक चौधरी

नवलपरासी,१३ माघजिल्लाको प्रतापपुर गाउपालिकाकी उपाध्यक्ष समेत रहेकी न्यायिक समिति संयोजक मान कुमारी चौधरी आफ्नो न्यायिक समितिको कार्यबारे जानकारी गराउदै गाँउ टोलमा पुग्न थालेकी छिन् । स्थानिय जनता तथा महिलाहरुलाई सहज ढंगले न्याय पाउन टाढा जान नपर्ने,आफ्नै गाउपालिकामा न्याय निसाफ पाउने अवस्थाबारे जानकारी गराउन उनी गाँउ टोलमा पुग्ने गरेको बताएकी हुन् ।न्यायिक समिति मार्फत कार्यक्रम नै बनाएर उनी वार्ड नं.८ को बद्रीघाटमा पुगेर न्यायिक समितिको कार्य प्रगति तथा न्यायिक समितिको अधिकार क्षेत्रबारे जानकारी गराएको बताईन् । उनका अनुसार ग्रामिण भेगका जनतालाई ‘न्यायमा पहुँच कार्यक्रम’ सञ्चालन गरिएको छ । गाँउ गाँउमै पुगेर न्यायिक समितिका संयोजक समेत रहेकी गाउपालिका उपाध्यक्ष चौधरीले न्यायिक समितिको काम कर्तब्य र अधिकार र जनताले पाउने न्यायिक सेवाबारे जानकारी गराएकी थिईन । गत बर्ष देखी वार्ड,गाँउ र टोलमै ...
चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी
अर्थ, कृषि, प्रतापपुर गाँउपालिका, समाचार

चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी

नवलपरासी, २ माघजिल्ला स्थित चिनी उद्योगहरुले उखु किसानको उखु खरिद गर्दा घटतौल(कम तौल गर्ने) गरि ठगि गर्दै आएको खुलासा भएको छ । तौल केन्द्रमा उखु तौल गरेर उद्योग परिसरमा तौल गर्दा अस्वभाविक रुपमा तौल घट्न थाले पछि उद्योगका कर्मचारीले घटतौल गर्दै उखु किसानलाई ठगि गरेको रहस्य खुल्न थालेको हो । उधारोमा उखु खरिद गर्ने त्यसमा पनि तौल गर्दा घटतौल गर्दै ठगि गर्दै आएको जनाउदै उखु किसानले बागमती खाडसारी उद्योगका खरेटवा तौल केन्द्रको काँटामा तालाबन्दी गरिएको प्रतापपुर ४ठूलोखैरेटवा का मुराली यादवले बताए । जिल्ला प्रशासन कार्यालयलाई जानकारी तालबन्दी गरेका छौ, कृषक यादवले भने,नापतौल तथा गुणनियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि आए पछि मात्र तालाबन्दी खोल्छौ । तौल केन्द्र र मिलगेटका दुबै काँटामा तौल गर्दा दुई क्वीन्टल उखु घोटाला देखिएको छ, उनले दुबै रसिद देखाउदै भने,यसमा अनुसंधान गर...
प्रतापपुर वार्ड नं ४ का सामुदायिक विद्यालय पुर्ण निशुल्क घोषणा
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर वार्ड नं ४ का सामुदायिक विद्यालय पुर्ण निशुल्क घोषणा

नवलपरासी,४ पुुसजिल्लाको प्रतापपुर गाउपालिका वार्ड नं.४ ले वार्ड भित्रका सबै सामुदायिक विद्यालयलाई पुर्ण निशुल्क बनाउने घोषणा गरिएको छ । आउने शैक्षिक सत्र देखी सामुदायिक विद्यालयका आधारभुत तहलाई पुर्ण निशुल्क बनाउने गरि गाउपालिकाले गर्दै आएको कार्यलाई सार्थक बनाउन विहिवार सो वार्डले औपचारिक कार्यक्रमको आयोजना गरि उतm वार्डका एक मदरसा सहित चार वटा सामुदायिक विद्यालयमा चन्दा,सहयोग लगायत कुनै पनि प्रकारका रकम नउठाउने घोषणा गरिएको हो ।उतm घोषणा गर्ने कार्य संधिानसभा सदस्य समेत रहेका लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवारले गरेका थिए । उनले घोषणासभामा बोल्दै वार्ड कार्यालयले यस्तो घोषणा कार्यले मुलुक भरिकै स्थानिय तहलाई नेपालको संविधान २०७२ र आधारभुत तह अनिवार्य र निशुल्क माध्यमिक तह शिक्षा सम्बन्धि ऐन २०७५ लाई कार्यान्वनमा ल्याएको उदाहरण प्रस्तुत भएका बताएका थिए । सोही क्षेत्रबाट...
आउदो शैक्षिकसत्र २०८२ देखी प्रतापपुरमा सामुदायिक विद्यालयको आधारभुत तह पुर्ण निशुल्क बनाईने प्रतिवद्धता
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

आउदो शैक्षिकसत्र २०८२ देखी प्रतापपुरमा सामुदायिक विद्यालयको आधारभुत तह पुर्ण निशुल्क बनाईने प्रतिवद्धता

नवलपरासी,२८ मंसिरजिल्लाको प्रतापपुर गाउपालिकाले आउने शैक्षिक सत्र देखी सामुदायिक विद्यालयका आधारभुत तहलाई पुर्ण निशुल्क बनाउने गरि गाउपालिका लागेको जानकारी पालिका अध्यक्ष उमेशचन्द्र यादवले बताएका छन् । पालिका,विद्यालय र सरोकारवालाहरुको सम्वाद कार्यक्रममा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् ।विगत देखी नै विभिन्न विद्यालयले विद्यार्थी तथा अभिभावकबाट विभिन्न सहयोगको नाँउमा रकम उठाउदै आएको र ति कार्य निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ विपरित रहेको हुदा कानुन कार्यान्वन गर्दै सो कार्य रोकिने समेत उनले बताएका थिए । विद्यालयमा आर्थिक स्रोतको कमि देखाउदै विद्यालयले सहयोग रकम उठाउने गरेका छन्,उनले भने,आउने शैक्षिक सत्र देखी आधारभुत तहसम्मका सबै प्रकारका खर्च गाउपालिकाले ब्यहोर्ने र पुर्ण निशुल्क घोषणा गरिने छ । माध्यमिक तहलाई पुर्ण निशुल्क बनाउनका लागि प्रदेश सरकार तथा संघिय सरकारले समेत ब्ययभार...
प्रतापपुरको गिदहामा पशु स्वास्थ्य शिविर सञ्चालन
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुरको गिदहामा पशु स्वास्थ्य शिविर सञ्चालन

नवलपरासी, १२ मंसिरपशपालक किसानलाई राहत पुग्ने गरि जिल्लाको प्रतापपुर गाउँपालिकामा एक दिवसिय निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र परासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहकार्यमा प्रतापपुर को वडा ३ गिदहामा उक्त पशु स्वास्थ्य शिविर संचालन गरिएको हो ।पशु विज्ञ, पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको टोलीले संचालित पशु स्वास्थ्य शिविरमा आएका रोगी गाईभंैसी, बाख्रा लगायत पशुपंक्षीहरुको उपचार सेवा प्रदान गरि निशुल्क औषधी समेत वितरण गरेको हो । उतm शिविरबाट ढाई सय भन्दा बढि किसानले पशुपालन सम्बन्धि शिक्षा सहित विरामी देखिएका पशुको उपचारसँगै कुपोषण देखिएका पुशलाई पोषणयुतm भिटामिन लगायत पोषणपुरक औषधी(फुड सप्लीमेन्ट्रि) समेत उपलब्ध गराइएको थियो ।गाँउका पशुपालक किसानले पनि यो शिविर मार्फत विज्ञ सेवा पाउनु गाउपालिकाका लागि अवसर भएको बताईन् । यस शिविर...