सुनवलमा दलित समुदायले आयोजना गरेको सहभोजमा र्गैरदलित उपस्थित भएनन
नवलपरासी,११ फागुननेपाल कै पहिलो बालमैत्री घोषणा गर्न सफल भएको जिल्लाको सुनवल नगरपालिका भित्र जातिय छुवाछुतको अवस्था विकराल रहेको देखिएको छ । नगरपालिकाको वार्ड नं.२ मा स्थानिय दलितहरुले आयोजना गरेको सहभोज कार्यक्रममा गैरदलित समुदाय सहभागि नभएर बहिस्कार गरेको घटनाले समाजमा अझै पनि जातिय छुवाछुतको अवस्था कायम नै रहेको देखाएको हो ।वार्ड कार्यालयको सहयोगमा दलित उत्थान कार्यक्रम अन्तरगत दलित समुदायका लागि सचेतना केन्द्रको निर्माण गरेको थियो । दलित समुदायको शसतिmकरण गर्ने उदेश्यले भाडाकुडा प्रदान गर्ने तथा सोही भाडाकुडामा खाना पकाएर सबै समुदायलाई भोज खुवाउने कार्यक्रमको आयोजना गरिएको वार्ड अध्यक्ष राजेन्द्र प्रसाद यादवले बताए । तर सहभोज कार्यक्रममा गैरदलित समुदाय सहभागि नहुदा आफुलाई दुःख लागेको सुनाए ।कही कुरामा सुनवल नमुना जस्तै देखिन्छ, उनले भने,तर अहिले समाजिक संक्रिणता कायम नै रहेको यस्ले दर्...










