गण्डक किनारलाई पर्यटकिय गन्तब्य बनाउन सम्भावनाको खोजी
बेचु गौड, नवलपरासी, ११ चैत्रजिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी किनारलाई ब्यवस्थित गर्दै पर्यटकिय गन्तब्य बनाउने सम्भाब्यताको खोजी स्थानियले गर्न थालेका छन् । विगत बर्षमा गण्डक बाँध भत्किने खत्तरा भन्दै त्रासित भएर बस्नु पर्ने बाध्यता विस्तारै हट्दै गएको र भारतिय लगानीमा नै बाँधहरुको पुर्नंरचना निर्माण भई सकेको हुदा अब यसक्षेत्रलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्नु पर्ने स्थानियले सम्भावनाको खोजीमा लागेका हुन् ।गण्डक क्षेत्रका पर्यटकिय क्षेत्रको अवस्थाबारे उद्योग बाणिज्य संघका कार्यकारणी सदस्य अमरचन्द्र अग्रवाल ,लेखा समिति संयोजक अर्जुृन बहादुर क्षेत्री,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह् सैथवार र परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल सहितको टोली पुगे पछि स्थानियले गण्डक क्षेत्रको पर्यटकिय सम्भाब्यताको अवलोकन गराएका थिए । गण्डक क्षेत्रमा भारतले आफ्नो तरिकाले डुबान नियन्त्रणका ल...