गरिब विपन्न मुस्लिमलाई जर्मनी संस्थाको साथ
नवलपरासी,५ चैत्रजिल्लाको पाल्हिन्दन गाँउपालिकाका गरिब विपन्न मुस्लिम समुदायलाई जर्मनी संस्थाको साथ रहने जनाएको छ । एक्टिभ जुगेन्ड जर्मनीले देश भरिका गरिब बिपन्न समुदायलाई आफुहरुको साथ रहने जनाएको हो ।उक्त सस्थाद्धारा मंगलवार रमजान महिनाको अवसरमा सो समुदायका गरिब घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सो संस्थाको सहयोगमा स्थानिय ताजुलऔलुम आधारभुत मदरसामा आयोजित कार्यक्रममा उक्त सहयोग प्रदान गरिएको थियो । उक्त संस्थाले २३७ जना स्थानियको लागी दाल, चामल, चिनी, नुन , तेल, चना, पिठो जस्ता दैनिक उपभोग्य सामाग्री वितरण गरेको छ । सहयोग हस्तान्तरण पश्चात सहयोगी संस्थाका अध्यक्ष मोहम्मद अलि बाउजुले आपत बिपत परेका परिवार र गरिब दुखियालाई यस्तो सहयोग गर्दै आएको बताएका थिए । उनले शिक्षा र स्वास्थ्यको साथै अपाङगता भएका वेसाहारा वालवालिकालाई निरन्तर संस्थाले काम गर्दै आएको जानकारी गराउदै भने,यो समान्य सह...