प्रतापपुर गाउपालिकाद्धारा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई
नवलपरासी,२५ फागुनजिल्लाको प्रतापपुर गाउपालिकाले आथिक बर्ष २०८१/०८२ मा गरिएका कार्य प्रगति तथा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । स्थानिय सरकारले आफ्ना गतिविधि तथा कार्यक्रम जनता माझ सार्वजनिक गर्ने र जनतामा रहेका गुनासाहरुको प्रत्यक्ष जवाफ दिने गरि आईतवार सार्वजनिक सुनुवाई गरिएको हो ।सार्वजनिक सुनुवाईमा सहभागिहरु मध्येबाट २० जनाले गाउपालिकाका सेवा प्रवाह तथा योजनाबारे गुनासो तथा प्रश्न राखेका थिए । कोलिय मिडिया एण्ड आईटी सोलुसन प्रालिको सहजीकरणमा भएको उतm सार्वजनिक सुनुवाईमा गाउपालिका शिक्षा अधिकारी दिल्लीराम ढुगाँना, ९ नं. वार्ड अध्यक्ष जयकिसुन चौधरी,प्रमुख प्रशासकिय अधिकृत अर्जुन चौधरी,उपाध्यक्ष मानकुमारी चौधरी र गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले जवाफ दिइएका थिए । झण्डै एक सय प्रश्नहरु गरिएको थियो ।
सुनुवाईमा एमालेका गाउपालिका अध्यक्षले सहकारीसँग सम्बन्धित समस...