स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा ब्यवस्थापकिय कमजोरीले सञ्चालन हुन सकेन डायलसिस सेवा
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा ब्यवस्थापकिय कमजोरीले सञ्चालन हुन सकेन डायलसिस सेवा

नवलपरासी, १४ चैत्रजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मेसिन र जनशतिm उपलब्ध भए पनि ब्यवस्थापकिय कमजोरी कारण डाईलासिस सेवा सञ्चालन हुन सकेको छैन् । लाखौ रुपियाका उपकरण मेसिन खरिद भएर थन्किएको र बैशाख देखी नै डाईलासिस सञ्चालनका लागि आवश्यक तालिम लिई स्वास्थ्यकर्मीले तलब सुविधा लिदै बसेको तर ब्यवस्थापनले काम गर्न नसक्दा सो सेवा सञ्चालनमा आउन नसकेको हो ।सरकारले डाईलसिस गराउने बिरामीलाई निशुल्क सेवा दिन स्थानिय स्तरमै उपकरण र जनशतिm पठाई सकेको तर उपकरण मेसिन जडान नगरि त्यसै राखिएको अवस्थामा फेला परेको कुरा महालेखा परिक्षकको टोलीले आफ्‌नो मलेप प्रतिवेदनमै तस्विर सहित नै उल्लेख गरेको छ । अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरु खरिद गरि थन्किएका अवस्थामा छन् । स्वास्थ्यकर्मीहरु पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका छन् । जिल्लामा दुई दर्जन बढि विरामी नियमि...
एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), स्वास्थ्य

एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र

नवलपरासी,८ फागुनएक स्वास्थ्य अवधारणा(वन हेल्थ कन्सेप्ट) बनाउन जिल्ला स्थित भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले सरोकारवालासँग छलफल गरेको छ । मानव स्वास्थ्य,पशु स्वास्थ्य,बनस्ती स्वास्थ्य तथा वातावरणिय समस्यालाई छुट्टा छुट्टै रुपमा हेर्ने गरिएको भए पनि अब देखी सबैलाई एकै स्थानबाट हेर्ने र एक निकायले आर्को निकायको कामलाई पनि हेर्ने गरि एक स्वास्थ्य अवधारणाबारे छलफल चलाएको हो ।जिल्ला स्थित स्वास्थ्य कार्यालय,कृषि ज्ञान केन्द्रसँगै ७ वटै पालिकाका स्वास्थ्य शाखा,कृषि शाखा तथा पशु सेवा शाखाका प्राविधिकहरुसँग पहिलो चरणको छलफल कार्यक्रम चलाइएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । स्वस्थ्य वातावरणले स्वास्थ्य बनस्पति र पशुपालन क्षेत्रमा सहयोगी हुने र मानवले उपयोग गर्ने वातावरणिय क्षेत्र तथा खाद्यमा प्रयोग हुने कृषि जन्य तथा पशुजन्य बस्तुको स्वस्थ्य प्रयोग बढा...
पाल्हीनन्दन अस्पतालले मनायो विश्व कुष्टरोग दिवस
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन अस्पतालले मनायो विश्व कुष्टरोग दिवस

नवलपरासी,१३ माघजिल्लाको पाल्हीनन्दन आधारभुत अस्पतालले ७२ औ कुष्टरोग दिवस मनाएको छ । अस्पतालले औपचारिक कार्यक्रमकै आयोजना गरि सो कार्यक्रम मनाएको हो ।कार्यक्रममा गाउपालिलकाकी उपाध्यक्ष फातिमा अंसारी सकिना सहितको उपस्थितीमा कार्यक्रम गरिएको अस्पतालले जनाएको हो । कुष्ठरोग एक रोग मात्र नभएर सामाजिक, मानसिक र भावनात्मक दृष्टिले पनि चुनौतिपूर्ण समस्या रहेको उपाध्यक्ष सकिनाले बताएकी थिईन् । यध्यपी यो रोग उपचार योग्य छ, उनले भनेकी थिईन्, समयमै उपचार गरेमा कुष्ठरोगका बिरामीहरूको जीवनस्तर उकास्न सकिन्छ ।यसका साथै स्वास्थ्यकर्मीहरूलाई कुष्ठरोगको अधिकार र सम्मानको रक्षा गर्न आग्रह गरेकी थिईन् । साथै कुष्ठरोगको बारेमा सहि जानकारी र विश्वास गरौ र कुष्ठरोगको शिकार भएका व्यक्तिहरूसग विभेद नगरी तिनीहरूको पुनः समावेशी समाजमा पुर्याउन मद्दत गरौ, उनले भनिन् ,पाल्हिनन्दन गांउपालिका, सधैं कुष्ठरोगका बिरामीहरूको...
पृथ्वी चन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले माग्यो सुचना
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वी चन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले माग्यो सुचना

नवलपरासी, १७ पुसजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले सुचना माग गरेको छ । जिल्ला अस्पतालको सेवाको गुणस्तर तथा भ्रष्टाचार हुने गरेको आरोप लाग्न्े गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै सो सुचना माग गरेको हो ।सस्थाका अध्यक्ष रामजी ज्ञवालीले अस्पतालको नाँउमा पत्राचार नै गरेर उतm सुचना माग गरिएको जानकारी गराएका थिए । उनले माग गरिएको सुचना अनुसार अस्पतालका चिकित्सकहरुले नयाँ नियुतिm गरि आउने र बस्ने वातावरण नहुदा बिचमै राजीनामा गरेर जाने गरेको अवस्था,विमा सेवा,ल्याब सेवा लगायतका विभिन्न विषयसँग सम्बन्धित रहेर सुचना माग गरेको पत्रमा उल्लेख गरिएको छ । अस्पतालमा नेपाल सरकार र विकास समितिबाट के कति जनशतिm स्वीकृत छ ? सो मध्ये कति पदपुर्ति र कति रितm छ ?,निशुल्क औषधीमा के कति प्रकारका औषधीहरु निशुल्क उपलब्ध गराउदै आएको छ? ल्याब सेवामा दैनिक २० जनालाई मात्र...
रामग्राम कुष्टरोग प्रभावित नागरिकका लागि स्वम्सेवक समुह गठनका लागि अभिमुखीकरण
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्राम कुष्टरोग प्रभावित नागरिकका लागि स्वम्सेवक समुह गठनका लागि अभिमुखीकरण

नवलपरासी,२५ मंसिरलुम्बिनी प्रदेश सरकारले उपेक्षित उष्णप्रदेशिय रोग(कुष्टरोग र हात्तिपाईले रोग) प्रभावित नागरिकका लागि स्वाम् हेरचाह समुह गठन,ब्वस्थापन तथा परिचालन सम्बन्धि कार्यविधि २०८१ पास गरे पछि त्यसको कार्यान्वयनका लागि स्थानिय तहलाई अभिमुखीकरण गर्ने कार्य भएको छ । रामग्राम नगरप्रमुख धनपत यादवको अध्यक्षतामा भएको उतm अभिमुखीकरण कार्यक्रममा कार्यविधि बने अनुसार वास्तविक पिडित परिवार समक्ष सेवा प्रवाहका लागि स्थानिय सरकारलाई जानकारी गराउने कार्य भई रहेको संविधानसभा सदस्य विक्रम खनालले जानकारी गराएका हुन् ।सो कार्यविधि अनुसार कुष्टरोग र हात्तिपाईले रोग लागेका विरामी तथा उनका परिवारको घरदैलोमा पुगेर सेवा प्रवाह गर्नु पर्नेछ । त्यसको दायित्व स्थानिय सरकारको समेत रहेको छ । संविधानसभा सदस्य खनालका अनुसार कार्यविधि अनुसार स्थानिय तहमा प्रमुख संयोजक,उपप्रमुख सहसंयोजक,समाजिक विकास समितिको संयोजक...
पाल्हीनन्दनमा स्वास्थ्य सेविकाहरुले मनाए अन्तराष्ट्र्रिय स्वम्सेवक दिवस
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दनमा स्वास्थ्य सेविकाहरुले मनाए अन्तराष्ट्र्रिय स्वम्सेवक दिवस

नवलपरासी,२० मंसिरजिल्लाको पाल्हीनन्दनका स्वास्थ्य सेविकाहरुले मनाए अन्तराष्ट्र्रिय स्वम्सेवक दिवस मनाएका छन् । पाल्हीनन्दन गाउपालिकाले पालिका भित्रका सम्पुर्ण महिला स्वास्थ्य स्वम्सेविकाहरुको क्षमता अभिवृद्धि गराउदै अर्धबार्षिक समिक्षा समेत गरेका हुन ।अन्तराष्ट्र्रिय स्वम्सेवक दिवसको अवसर पारेर स्वास्थ्य स्वम्सेविकाहरुलाई क्षमता अभिवृद्धि,सेवा प्रतिवद्धतासँगै अर्धबार्षिक समिक्षा कार्यक्रम गरेर उनीहरुलाई प्रोत्साहित समेत गरेको हो । स्वम्सेविकाहरुके आत्मसम्मान वृद्धि गर्नका लागि पनि गाउपालिकाले उनहरुलाई प्रोत्साहन गरेको पालिका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले जनाए । उनका अनुसार दुई दिनसम्म कार्यक्रम गरे पनि स्वम्सेविकाहरुले आफुले गर्ने सेवाबारे प्रतिवद्धता गरि हस्ताक्षर समेत गरेकी थिईन् । जस्मा उनीहरुले स्वम्सेवी भावले समुदायको स्वास्थ्य अधिकार र पहुँचलाई मुलमन्त्र मानी नैतिकता,इमानदार...
चुनौती बन्दै किसोरीहरुको प्रजनन स्वास्थ्य,२० बर्ष मुनिका चार सय किसोरी गर्भवती
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

चुनौती बन्दै किसोरीहरुको प्रजनन स्वास्थ्य,२० बर्ष मुनिका चार सय किसोरी गर्भवती

नवलपरासी,१९ मंसिरजिल्लामा किसोरीको प्रजनन स्वाीस्थ्य समस्या चुनौतीपुर्ण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकले देखाएको छ । विहाबारी विस बर्ष पारी,नारा बनाई किसोर किसोरीको प्रजनन स्वास्थ्यमा करोडौ खर्चेर विभिन्न कार्याक्रम सञ्चालन हुदै आए पनि कार्यक्रमहरु प्रभावकारी नहुदा किसोरी प्रजनन स्वास्थ्यको समस्या देखिएको हो ।किसोरीहरु गर्भवती हुने संख्यामा वृद्धि हुदै जादा प्रजनन स्वास्थ्यमा अझै चुनौती कायम नै रहेको तथ्याँकले देखाएको हो । स्वास्थ्य कार्यालयको तथ्याँक अनुसार गत आर्थिक बर्ष २०८०÷०८१ मा जिल्ला भित्र कुल ४ सय जना (२० बर्ष मुनि) का किसोरी गर्भवती भएका छन् । एका तर्फ किसोरी अवस्थामै २० बर्ष मुनि नै गर्भवती हुन र आर्को तिर प्रोटोकल अनुसार गर्भवती किसोरीहरुले गर्भ परिक्षणको पहुँचमा नहुनुले चुनौती देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकले देखाएका छ । चार जना गर्न किसोरी गर्भवती मध्य...
किसोरकिसोरी मैत्री स्वास्थ्य सेवा विस्तार गर्दै रामग्राम नगरपालिका
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

किसोरकिसोरी मैत्री स्वास्थ्य सेवा विस्तार गर्दै रामग्राम नगरपालिका

नवलपरासी,१८ मंसिरजिल्लाको रामग्राम नगरपालिकाले किशोरकिशोरी मैत्री सेवा प्रवाह गर्नका लागि नगरक्षेत्र भित्रका थप उनवछ स्वास्थ्यचौकीमा सेवा विस्तार गरेको छ । सोमवार रामग्राम ७ उजैनी स्थित उतm स्वास्थ्य चौकीको नवनिर्मित भवनको उदघाटसँगै किसोरकिसोरी मैत्री सेवा प्रवाह गर्ने घोषणा गरिएको हो ।नगरप्रमख धनपत यादवले स्वास्थ्यचौकी भवनको उदघाटसँगै किसोरकिसोरी मैत्री सेवा प्रवाहको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको थिए । उनवछ स्वास्थ्य चौकी भगवान गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर भित्रै रहेको र सो स्तुप क्षेत्रको भ्रमण गर्न आउने नगरपालिका बाहेकका पनि किसोरकिसोरी आउने गर्छन् । पर्यटकिय क्षेत्रलाई लक्षित गरि पनि सो सेवा विस्तार गरिएको स्वास्थ्यचौकी इन्चार्ज बलिराम कोईरीले बताएका थिए । यो भन्दा अगाडी गत बर्ष देखी दुई स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको थियो । किशोरकिशोरी मैत्री सेवाका लागि ...
स्वास्थ्य बीमा कार्यक्रम प्रति जनताको आकर्षण घटदो
समाचार, स्वास्थ्य

स्वास्थ्य बीमा कार्यक्रम प्रति जनताको आकर्षण घटदो

नवलपरासी,१४ मंसिरसबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यले सरकारद्धारा लागु गरिएको स्वास्थ्य विमा कार्यक्रम निष्प्रभावि बन्दै गएको स्थानियले बताएका छन् । नागरिकहरुलाई स्वास्थ्य विमा प्रति प्रोत्साहित गर्नु भन्दा निरुत्साही बनाउने चिकित्सक,स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाहरुको रवैयाले सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रति आपेक्षित नागरिकहरुको आकर्षण बढन नसकेको हो ।सरकारले नागरिकलाई सुलभ र सस्तो तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको भए पनि बीमा कार्यक्रमलाई विधिसम्मत जिम्मेवारीपुर्ण तरिकाले काम हुन नसक्दा बीमा कार्यक्रम प्रति नै आकर्षण घट्दो अवस्था देखिएको छ । समाजिक स्वास्थ्य बीमाको माध्यमबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चितत गर्ने उदेश्यले नेपाल सरकारले आर्थिक बर्ष २०७२÷०७३ साल देखी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थ...
जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आँखा उपचारका लागि विभाग थपिदैै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आँखा उपचारका लागि विभाग थपिदैै

नवलपरासी, ४ मंसिरजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा डेढ महिना देखी रेडियो लोजिस्ट डाक्टर हाजिर भएर सेवा दिदा विरामीको आकर्षण बढेसँगै अहिले अस्पतालमा आँखा परिक्षणका लागि विभाग खडा गर्ने जनाएको छ । ५० सैया अस्पतालमा बहिरँग विभाग अन्तरगत नै आँखा परिक्षणका सेवा समेत सञ्चालन गर्नु पर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परिक्षणका लािग विभाग बनाउने जनाएको हो ।अस्पतालमा नियमित उपचार गराउने मधुमेह तथा रतmचाप लगायतका िविरामीलाई औषधी चलाउदा आँखामा समेत असर पर्ने हुदा त्यसको समेत नियमित परिक्षण गर्नु पर्ने भएकोले अस्पतालले आँखा परिक्षणको सेवा थप गर्न लागेको अस्पताल ब्यवस्थापनले जानकारी गराएको हो । आँखा उपचार सेवाले अस्पतालमामा सेवा विस्तारसँगै गुणस्तरिय सेवालाई प्रभावकारी बनाउने अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले जानकारी गराए । उनका अनुसार आँखा उपचारका लागि छुट्टै विभाग गठन हुदैछ...