नवलपरासीमा एसईई परिक्षा केन्द्र प्रति असन्तुष्टि
नवलपरासी,२७ फागुनजिल्लामा कायम गरिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) को परिक्षा केन्द्र तोक्ने कार्यमा रामग्राम नगरपालिका भित्रका केही विद्यालयका अध्यक्षले असन्तुष्ठि ब्यतm गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईले कुन आधारमा एउटा विद्यालयमा परासी बजारकै निजी विद्यालयहरुको परिक्षा केन्द्र तोकेको हो ? भन्द्र जिल्ला समन्वय समितिमा गुनासो पुगेको हो ।चैत्र ७ गते देखी १९ गतेसम्म हुने एसईई परिक्षा २०८१ सञ्चालनका लागि अहिले शिक्षा विकास तथा समन्वय इकाईले जिल्ला भरिका परिक्षा केन्द्र सार्वजनिक गरेको छ । सो परिक्षा केन्द्र निर्धारण प्रति अहिले टिकाटिप्पणी हुन थालेको छ । आदर्श नमुना माध्यमिक विद्यालय परासीका अध्यक्ष समेत रहेका सामुदायिक विद्यालय ब्यवस्थापन समिति नगर समन्वय समितिका अध्यक्ष लक्ष्मण यादव सोमवार जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवसँग गुनासो गर्न पुगेका थिए । परासी बजारकै पवन माध्यम...