अर्थ

लोकदोहरी प्रतियोगिता मार्फत बन डढेलो जनचेतना कार्यक्रम
अर्थ, नवलपरासी (ब.सु.प.)

लोकदोहरी प्रतियोगिता मार्फत बन डढेलो जनचेतना कार्यक्रम

नवलपरासी,१३ चैत्रबढदै गरेको गर्मिसँगै बन क्षेत्रमा बन डढेलो लाग्न थाले पछि त्यसलाई रोक्नका लागि नवलपरासीका सामुदायिक बनहरुले लोकदोहरी मार्फत जनचेतना कार्यमा लागेका छन् । सामुदायिक बनहरुको सक्रियतामा जिल्लाका कलाकारहरुको सहभागितामा लोकदोहरी मार्फत सचेतना जगाउने कार्यमा जुटेका हुन् ।सुनवल नगरपालिका स्थित भगौती सामुदायिक बन उपभोतmा समुहको आयोजनामा वर्दघाट नगरपालिका र सरावल गाउपालिका दर्जन सामुदायिक बन समुहहरुले भाग लिएको उतm समुहका अध्यक्ष दुर्गा गुरुगँले बताए । डिभिजन बन कार्यालयको सहकार्यमा उतm जनचेतना मुलक खुल्ला लोक दोहरी प्रतियोगिताको समेत आयोजना गरिएको उनले जनाए । लोक दोहोरी मनोरन्जनको लागि मात्र होईन, उनले भने, लोक दोहरीलाई जनजागरण जनचेतनामा समेत उपयोग गर्ने उदाहरण प्रस्तुत गरिएको छ । यसले स्थानिय कलाकारलाई पनि बन संरक्षण र बन डढेलो नियन्त्रणमा सहभागिता वृद्धि गरेको उनको दाबी थियो । भा...
महेशपुर भन्सारको लक्ष्यभन्दा बढी राजस्व संकलन, तर प्लान्ट क्वारेन्टाइनको अभाव कायम
अर्थ, पाल्हिनन्दन गाउँपालिका, समाचार

महेशपुर भन्सारको लक्ष्यभन्दा बढी राजस्व संकलन, तर प्लान्ट क्वारेन्टाइनको अभाव कायम

नवलपरासी, ०८ चैत ।जिल्लास्थित महेशपुर भन्सारले चालु आर्थिक बर्ष २०८१र०८२ को प्रगति लक्ष्य भन्दा बढी भएको जनाएको छ । साउनदेखि माघ मसान्तसम्मको निर्धाण गरिएको मासिक लक्ष्यमा औषत लक्ष्य भन्दा केही बढी राजस्व संकलन भएको जानकारी भन्सारले गराएको हो ।राजस्व संकलनको तथ्याँक अनुसार सबै भन्दा बढी माघ महिनामा संकलन भएको देखाइएको छ । माघ महिनामा महिनाको लक्ष्यको झण्डै दोब्बर राजस्व संकलन भएको छ । माघ महिनामा १ करोड २१ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा सो महिनामा २ करोड ३६ लाख ९ हजार ३ सय ७२ रुपियाँ राजस्व संकलन गरेर १९४।३६ प्रतिशत रहेको छ । भन्सार कार्यालय र स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा ब्यापक तस्करी भई रहेको विभिन्न सञ्चार माध्यममा आउन थालेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले तस्करी रोक्न सुरक्षा समितिको बैठक नै बसालेर रोक्ने अभियान चलाएकी थिईन् । जसको फल स्वरूप माघ मह...
विउँ उत्पादक संस्थालाई खुल्ला सिमा र सरकारी नीति चुनौती
अर्थ, रामग्राम नगरपालिका, समाचार

विउँ उत्पादक संस्थालाई खुल्ला सिमा र सरकारी नीति चुनौती

नवलपरासी,५ चैत्रजिल्लामा खुल्ला सिमा विउँ बिजन क्षेत्रमा काम गर्दै आएका नेपाली विउँ उत्पादक सस्थाहरुलाई चुनौती बनेको छ । उद्योग बाणिज्य संघ नवलपरासीले औद्योगिक क्षेत्रका उद्योगका समस्या र सुझाव संकलन गर्ने अभियानको क्रममा खुल्ला सिमासँगै सरकारी नीतिले पनि नेपाली विउँ उत्पादक कृषक समहु वा निजी कम्पनीहरुलाई चुनौती रहेको जिल्ला स्थित विउ बिजन कम्पनीले जानकारी गराएका हुन् ।भारतिय बजारमा पाईने खुल्ला रुपमा आकर्षित प्याकेट बनाई विक्रि गर्ने गरेको तर नेपाली विउँ बिजन कम्पनीले बोरामै विक्रि गर्नु पर्ने सरकारी नीति छ । किसानले गुणस्तर भन्दा बाहिरी आवरणको रंगिचग्गिमा जादा त्यसले चुनौती थपेको जिल्ला स्थित बुद्ध सिड कम्पनी प्रालिका प्रवन्धक उमाशंकर चौधरीले जानकारी गराए । यस तर्फ किसानलाई जागरण गर्ने कार्य स्थानिय तहका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रले गर्नु पर्ने उनको सुझाव थियो । नेपाली सञ्चार माध्य...
करोड बढिको मिलानो ब्राण्डका चप्पल र सोल भारत निकासी
अर्थ, रामग्राम नगरपालिका, समाचार

करोड बढिको मिलानो ब्राण्डका चप्पल र सोल भारत निकासी

नवलपरासी,२७ फागुनजिल्लाको रामग्राम १० स्थित औद्योगिक क्षेत्रमा स्थापित मिलानो एक्सन पोलिमर लिमिटेडले मासिक एक करोड बढिको आफ्‌ना उत्पादन विदेश निर्यात गर्दै आएको जनाएको छ । स्थानिय बजारसँगै विदेशमा समेत यस्को माग भई रहेको हुदा गुणस्तरिय चप्पल तथा सोलहरु निर्यात भई रहेको कम्पनीले जनाएको हो । मिलानो ब्राण्ड अहिले स्वदेशमा मात्रै नभई विदेशमा पनि माग बढदै गएको कम्पनीमा मानव सँसाधन अधिकृत सुदर्शन खरबारले जानकारी गराए । यसको स्थानिय बजारमा पनि माग उत्तिकै छ,उनले भने, तर भारतमा समेत निकासी हुदै आएको छ । उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डेर बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ताले औद्योगिक क्षेत्रको समस्या तथा अवस्था बुझ्‌ने क्रममा जानकारी गराउदै खरबारले उद्योगको अवस्थाबारे जानकारी गराएका थिए । ब्युरो अफ इण्डिया स्टेण्डर(विआईएस) समेत प्राप्त उतm कम्पनीको उत्पादन भरपर्दो र गुणस...
औद्योगिक क्षेत्रको समस्याबारे उबासंघले गरायो जिससको ध्यानाकर्षण
अर्थ, रामग्राम नगरपालिका, समाचार

औद्योगिक क्षेत्रको समस्याबारे उबासंघले गरायो जिससको ध्यानाकर्षण

नवलपरासी,२६ फागुनजिल्ला स्थित औद्योगिक क्षेत्रका समस्यालाई उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले समस्या समाधानका लागि आवश्यक पहल गर्न जिल्ला समन्वय समिति(जिसस)को ध्यानाकर्षण गराएको छन् । औद्योगिक क्षेत्रको समस्याहरुबारे अध्ययन र जानकारी लिईने शुरक्षित औद्योगिक वातावरण बनाउन अभियान चलाउदै आएका संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्तले जिसस प्रमुख भगौती प्रसाद यादवलाई जानकारी गराउदै ध्यानाकर्षण गराएका हुन् ।औद्योगिक क्षेत्रको विभिन्न समस्या मध्ये अहिले प्रमुख तिन वटा समस्या पहिलो प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्न उपाध्यक्षद्धय पाण्डे र गुप्ताले गराएका थिए । प्रमुख तिन समस्यामा विद्युतको अनियमित कटौती,पर्यटन मार्ग अग्लो हुदा औद्योगिक क्षेत्र डुबानमा पर्ने हुदा जलनिकासको उचित ब्यवस्थापन र औद्योगिक क्षेत्रमा काम गर्ने स्थानिय महिला तथा मजदुरहरुको सुरक्ष...
झापाको दमक र नवलपरासी उद्योग बाणिज्य संघ बिच अनुभव आदान प्रदान
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

झापाको दमक र नवलपरासी उद्योग बाणिज्य संघ बिच अनुभव आदान प्रदान

नवलपरासी,२४ फागुनउद्योग बाणिज्य संघ नवलपरासी र झापाको दमक उद्योग बाणिज्य संघको एक आर्काको अनुभव आदान प्रदान गर्न छलफल कार्यक्रम भएको छ । दमक उद्योण बाणिज्य संघका पदाधिकारीहरु पश्चिम नेपालका संघका गतिविधि तथा ब्यवसायिक अनुभव लिनका लागि भ्रमणमा आउदा नवलपरासी उबासँघले स्वागत तथा छलफलको आयोजना गरि अनुभव आदान प्रदान गरेका हुन् ।हाल आर्थिक मन्दीले उद्योग ब्यवसाय तहस नहस भई रहेको अवस्थामा उद्योग ब्यवसायलाई कसरी जोगाउने र प्रवद्र्धन गर्ने उदेश्यले बढि उद्योग धन्दा चल्ने क्षेत्र लुम्बिनी प्रदेशको नवलपरासी र रुपन्देहीमा भ्रमण,छलफल गरि अनुभव लिन आएको दमक उद्योग बाणिज्य संघ पदाधिकारीहरुले बताएका थिए । भारतसँगको खुल्ला सिमाले पनि नेपालका उद्योग ब्यवसायलाई असर पारिरहेको बताएका थिए । सरकारको कर प्रणाली,विद्युत आपुर्ति,सडक पुर्वाधार लगायतका चुनौती त रहेकै छन् । देश बारिहबाट र देश भित्रबाट पनि उद्योग ब्यवस...
विद्युत प्राधिकरणले अनियमित विद्युत काट्दा उद्योगलाई समस्या
अर्थ, रामग्राम नगरपालिका, समाचार

विद्युत प्राधिकरणले अनियमित विद्युत काट्दा उद्योगलाई समस्या

नवलपरासी,२३ फागुननेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले अनियमित विद्युत काट्दा रामग्रामका औद्योगिक क्षेत्र प्रभावित बन्ने गरेको सो क्षेत्रका उद्योगले जनाएका छन् । विद्युतका लागि बहुविकल्प भन्दै आएको नवलपरासीको औद्योगिक क्षेत्रमा विद्युत आपुर्ति बेला बेलामा बन्द हुदा उद्योगहरुले क्षति ब्यहोर्न परेको जनाकारी गराएका हुन् ।उद्योग बाणिज्य संघले औद्योगिक क्षेत्रको समस्या र चुनौतीबारे शुरु गरेको सुझाव संकलन अभियान अन्तरगत सुझाव संकलन गर्दा सो समस्या उद्योगहरुले राखेका थिए । संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता सुझाव संकलनमा जुटेका छन् । समस्या बुझ्ने क्रममा उद्योगहरुले विभिन्न समस्यासँगै अनियमित विद्युत कटौती पनि चुनौती रहेको समस्या दर्र्शाएको उद्योग उपाध्यक्ष पाण्डेले जानकारी गराए । संघले सम्बन्धित निकायमा सो समस्या समाधानका लागि पहल गर्छ, उनले भने,...
रामग्रामका औद्योगिक क्षेत्रको समस्या बुझ्‌दै उबा संघ
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्रामका औद्योगिक क्षेत्रको समस्या बुझ्‌दै उबा संघ

नवलपरासी,२० फागुनविश्व बैंकको सहयोगमा निर्माणाधिन रामग्रामका पर्यटन मार्गका कारण औद्योगिक क्षेत्रका दर्जनौ उद्योग डुबानमा पर्ने चुनौती बढदै गएको औद्योगिक क्षेत्रका उद्योगले जनाएका छन् । उद्योग बाणिज्य संघ नवलपरासीको नेतृत्वमा औद्योगिक क्षेत्रको समस्या,चुनौती र समाधानका उपायबारे सुझाव संकलन गर्ने अभियानमा औद्योगिक क्षेत्रका सञ्चालकहरुले गुनासो राखेका हुन् ।संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त तथा पत्रकार महासंघका सहसचिव सद्दा हुसेन अंसारी सहितको टोली औद्योगिक क्षेत्रमा सुझाव परामर्श गर्न पुगे पछि उद्योगीहरुले उतm समस्या पहिलो भएको बताएका थिए । पर्यटन मार्गको निर्माण गर्दा सडकको दुबै किनारमा बन्ने नाली जमिन सतह भन्दा माथि बनाईदा सडकले औद्योगिक क्षेत्रलाई मात्रै नभई स्थानिय बस्ति र बालीनाली हुने खेतलाई समेत डुबान हुने बताएका थिए । नालीलाई देखाउदै रोस्लान...
परासीमा धितोपत्र बजार तथा बित्तिय बजार सम्बन्धि साक्षरता कार्यक्रम
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा धितोपत्र बजार तथा बित्तिय बजार सम्बन्धि साक्षरता कार्यक्रम

नवलपरासी,१० फागुन,जिल्लाका उद्योगी ब्यवसायी तथा अन्य धितोपत्रसँग सरोकार राख्नेलाई धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिवृद्धि गरिएको छ । धितोपत्र बोर्डको आयोजना तथा उद्योग बाणिज्य संघ नवलपरासीको सहकार्यमा उतm कार्यक्रम गरिएको हो ।धितोपत्र बोर्डले पहिलो चरणमा राजधानी बाहिरका सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशको ९ स्थानमा धितोपत्रसम्बन्धि लगानी प्रवद्र्धन गर्ने उदेश्यले सचेतना अभिवृद्धि कार्य गरिएको बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले जानकारी गराएका थिए । धितोपत्रको कारोबारमा सहभागी हुन चाहने तर प्रयाप्त सुचना र जानकारी नहुदा समस्यामा पर्ने गरेका कारणले पनि यस्तो सचेतना कार्यक्रम गर्न थालिएको उनको भनाई थियो । आवश्यकता अनुसार नेपाल धितोपत्र बोर्डले प्रादेशिक कार्यालय समेत खोलेर सहजीकरण र नियमन गर्ने योजना रहेको सुनाएका थिए । उनले एसएमईज प...
चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी
अर्थ, कृषि, प्रतापपुर गाँउपालिका, समाचार

चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी

नवलपरासी, २ माघजिल्ला स्थित चिनी उद्योगहरुले उखु किसानको उखु खरिद गर्दा घटतौल(कम तौल गर्ने) गरि ठगि गर्दै आएको खुलासा भएको छ । तौल केन्द्रमा उखु तौल गरेर उद्योग परिसरमा तौल गर्दा अस्वभाविक रुपमा तौल घट्न थाले पछि उद्योगका कर्मचारीले घटतौल गर्दै उखु किसानलाई ठगि गरेको रहस्य खुल्न थालेको हो । उधारोमा उखु खरिद गर्ने त्यसमा पनि तौल गर्दा घटतौल गर्दै ठगि गर्दै आएको जनाउदै उखु किसानले बागमती खाडसारी उद्योगका खरेटवा तौल केन्द्रको काँटामा तालाबन्दी गरिएको प्रतापपुर ४ठूलोखैरेटवा का मुराली यादवले बताए । जिल्ला प्रशासन कार्यालयलाई जानकारी तालबन्दी गरेका छौ, कृषक यादवले भने,नापतौल तथा गुणनियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि आए पछि मात्र तालाबन्दी खोल्छौ । तौल केन्द्र र मिलगेटका दुबै काँटामा तौल गर्दा दुई क्वीन्टल उखु घोटाला देखिएको छ, उनले दुबै रसिद देखाउदै भने,यसमा अनुसंधान गर...