प्रतापपुर गाउपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा
नवलपरासी,२४ फागुनजिल्लाको प्रतापपुर गाउपालिकाको निर्माणाधिन प्रशासनियक भवन अन्तिम चरणमा पुगेको छ । देश भरि विभिन्न अयोजनाहरुको निर्माण कार्य ढिलाई भई रहेको भए पनि प्रतापपुरका प्रशासनिक भवन निर्माण कार्यलाई तिब्रता दिए पछि अहिले अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको हो ।अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागेको थियो । अहिले भवनको निर्माण अन्तिम चरणमा पुगेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । उनका अनुसार यसै आर्थिक बर्ष भित्र आफ्नो प्रशासनिक भवनमा सर्ने लक्ष्य रहेको छ । साविक प्रतापपुर गाविसलाई गाउपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नु पर्ने नीतिगत बाध्यताका कारण विगत बर्षमा भवनको निर्माण हुन नसकेको थिएन् । जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रति...