संस्कृति

होलीमा डिजे बजाउन प्रशासनद्धारा प्रतिबन्ध लगाउदै सुचना जारी
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

होलीमा डिजे बजाउन प्रशासनद्धारा प्रतिबन्ध लगाउदै सुचना जारी

नवलपरासी,२६ फागुनफागुपुर्णिमामा मनाई होलीलाई लक्षित गरि जिल्ला प्रशासनले डिजे नबजाउन प्रतिबन्ध लगाएको छ । होली मार्यादापुर्वक मनाउने सुचना जारी गर्दै सो सुचनामा डिजेलाई नबजाउन निर्देशनात्मक आग्रह गरेको हो । होली पर्व मनाउने क्रममा कसैको इच्छा विपरित जबरजस्ती रँग लगाउने,लोला वा पानी लगायत दुषित पदार्थ छ्याप्ने,नसालु पदार्थ सेवन गरि सवारी साधन चलाउने,सार्वजनिक स्थलहरुको रँग रुप बिगार्ने,चर्को आवाजका डिजे बजनाउने,हो हल्ला गर्ने,कुनै ब्यतिmको निजी जिवनमा असर पर्ने गरि साम्प्रदायिक वा धार्मिक सदभावमा असर पर्ने खालका गतिविधि नगर्न गराउन सार्वजनिक सुचना जारी गरिएको छ । सुचना विपरितका कार्य गर्ने जो कोही,ब्यतिm वा समुहलाई कानुन अनुसार कारवाही गरिने चेतावनी समेत दिइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।...
रामग्राम स्तुप परिसरमा अवस्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम स्तुप परिसरमा अवस्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान

नवलपरासी,५ फागुनभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर स्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको छ । परासी विपश्यना समुहको सक्रियता तथा रामग्राम विकास कोषको समन्वयमा उतm भोजनदान कार्यक्रम गरिएको हो ।विश्वशान्तिको कामना र नेपालमा थाई वन परम्परालाई प्रचार गर्ने उदेश्यका साथ नेपाल फोरेस्ट मोनाष्ट्री समुहले शुभारम्भ गरेको एक हप्ते आध्यात्मिक यात्रामा आउने भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको रामग्राम विकास कोषका सदस्य समेत रहेका विपश्यनका सहायक अचार्य रामप्रसाद पाण्डेले बताए । उनका अनुसार विश्व सुखशान्ति बौद्घ बिहारबाट आईतबार सिगापुरका भिक्षु अजान चाओ खुन केङ खेमाको अगुवाईमा विभिन्न देशका ८० जना भिक्षुहरुसहित यात्रा शुभारम्भ गरिएको हो । भगवान गौतम बुद्धको जन्मस्थललाई केन्द्रमा राखेर बुद्ध सर्किटमा पर्ने रुपन्देही, नवलपरासी र कपिलबस्तुको एक हप्ते यात्रा हुने स...
मनरीको थारु साँस्कृतिक पार्क नजिकै थारु रिसोर्टले गाउमा रौनक
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

मनरीको थारु साँस्कृतिक पार्क नजिकै थारु रिसोर्टले गाउमा रौनक

नवलपरासी,२९ पुसजिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्क नजिकै सञ्चालनमा आएको थारु रिसोर्ट स्थानिय स्तरमा रौनक बढाएको छ । गत बर्ष देखी साँस्कृतिक पार्कको अवाधारणा ल्याई पार्क सञ्चालनमा ल्याए पछि आउने पर्यटकलाई थारुको साँस्कृतिक खानपान अनुसार खाना,खजा,नास्ता समेत खान पाउने गरि साता दिन देखी सोही स्थानमा थारु रिसोर्ट सञ्चालनमा आउदा थप रौनक बढेको हो ।सरावल गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले पार्कमा आउने पर्यटकले घुम्न पाउने,बस्न पाउने तर थारु संस्कृतिको खानानास्ता खान नपाउने भएकोले थारु रिसोर्ट खोल्न पनि प्रोत्साहित गरिएको बताए । मनरी स्वास्थ्य चौकीको जग्गालाई उपयोग हुन्े गरि थारु रिर्सोट संचालनमा आएको उनले जानकारी गराए । उनका अनुसार थारु परिकार र थारु कला संस्कृतिकलाई संरक्षण गर्ने उदेश्यले थारु सांस्कृतिक पार्क नजिकै एक थारु युवाको लागानीमा थारु रिर्सोट संचालनमा ल्याएको उनको भना...
खिचडी महोत्सव नजिकदै जादा थारु साँस्कृतिक पार्कको ब्यवस्थापनमा सकृय स्थानिय
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

खिचडी महोत्सव नजिकदै जादा थारु साँस्कृतिक पार्कको ब्यवस्थापनमा सकृय स्थानिय

नवलपरासी,१४ पुसजिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कको ब्यवस्थानमा स्थानिय सक्रिय भएका छन् । थारुहरुको महान चाँड माघी अर्थात (खिचडी महोत्सव) लाई लक्षित गरि पार्क ब्यवस्थापनमा स्थानिय जुटेका हुन् ।विगत डेढ दशक देखी स्थायिन श्रीराम युवा प्रष्ठिानको सक्रियतामाहुदै आएको खिचडी महोत्सव यो बर्ष अझै विस्तारित बनाउने लक्ष्य सहित महोत्सवको तयारी भई रहेको प्रतिष्ठानका अध्यक्ष चक्रपाणी चौधरीले जानकारी गराए । स्थायिन स्तरबाट शुरु भएको खिचडाी महोत्सव अहिले जिल्लामै पहिचान बनाएको छ, उनले भने, अझ यसलाई विस्तारित बनाउने लक्ष्य लिएका छौ । विद्यालय स्तरमा पनि खिचडी महोत्सवबारे निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिने छ । यसले बालबालिकामा यसको अध्ययन र ब्याख्यात्मक कलाको विकास हुने उनको भनाई थियो ।विगतमा वृक्षारोपण गर्दै अगाडी सरेका मनरीका थारु महिलाहरु अहिले सो वृक्षारोपण भित्र रुख विरुव...
नेपालको बोधगया भनि चिनाउने गरिएको सुस्ताको अनोमाघाट(ठाढीघाट) विकासमा बनमन्त्री कलवारको चाँसो
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार, संस्कृति

नेपालको बोधगया भनि चिनाउने गरिएको सुस्ताको अनोमाघाट(ठाढीघाट) विकासमा बनमन्त्री कलवारको चाँसो

नवलपरासी, ३० मंसिरजिल्लाको सुस्ता ५ स्थित सिद्धार्थ गौतमले महाभिनिष्क्रमण(गृहत्याग गरि सन्यास लिएको ) स्थान अनोमाघाटको विकासमा लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवारले चाँसो देखाएका छन् । भगवान गौतम बुद्धसँग जोडिएका स्थानमा पहिलो अष्टधातु रहेको रामग्राम स्तुप,दोश्रो उनको मावली रामग्रामको पण्डितपुर पछि तेश्रो प्रमुख स्थान बुद्धले महाभिनिष्क्रमण लिएको अनोमाघाट भएको भन्दै सो स्थानको विकास,संरक्षण र प्रवद्र्धनमा मन्त्री कलवारले चाँसो ब्यतm गरेका हुन् ।विगत बर्षमा पनि आफुले बजेट बिनियोजन गर्दै सो स्थानमा पुर्वाधारका लागि पहल गर्दै आएको बताउदै उनले आफु मन्त्री भए पछि सो स्थानको विकासका लागि पहल गर्ने अनौपचारिक कुराकानी गर्दै बताएका हुन् । यस क्षेत्रको विकास बारे आफुले लुम्बिनी प्रदेश सरकारसँग निरन्तर पहल गर्दे आएको छु, उनले भनेका थिए,यो अनोमाघाट क्षेत्र आफ्नै निर्वाचन...
कोलिय गणराज्यको राजधानी कोलनगरमा उत्खनन्ले भेटिन थाल्यो प्राचिन पुर्वाधार(स्ट्रक्चर)
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

कोलिय गणराज्यको राजधानी कोलनगरमा उत्खनन्ले भेटिन थाल्यो प्राचिन पुर्वाधार(स्ट्रक्चर)

नवलपरासी, २० मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको उत्खननले भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर) भेटिन थालेको छ । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको जानकारी गराएको हो ।पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो, पुरातत्वविद ज्ञवालीले भने,सो प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पुर्वाधार भेटिन थालेको छ,यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । अहिले एउटा मात्रै ट्रेन्च उत्खनन गर्दा इटको पर्खाल भेटिएको देखाउदै उनले अझै ति पर्खाल मुनि केही छ,भन्ने थप उत्खनन गर्न आवश्यक पर्छ । पुरातत्व विभागको कार्यक्रम अनुसार एक महिनासम्म उत्खनन गरिने बताउदै उनले थप उत्खननका लागि यदि स्थानिय स...
प्रचार प्रसार नहुदा ओझेलमा सुनवलको बौद्धकालिन प्राचिन उत्तरक (देवदह ताल क्षेत्र)
पर्यटन, समाचार, संस्कृति, सुनवल नगरपालिका

प्रचार प्रसार नहुदा ओझेलमा सुनवलको बौद्धकालिन प्राचिन उत्तरक (देवदह ताल क्षेत्र)

नवलपरासी, ८ मंसिरजिल्ला सुनवल स्थित प्राचिन उत्तरक नगर भनेर पहिचान पाउदै गरेको देवदह पोखरी क्षेत्रको सरसफाई गरिएको भए पनि प्रचार प्रसार नहुदा ओझेलमा परेको छ । सुनवल नगरपालिकाले सरसफाई गरेर ब्यवस्थित गरेको भए पनि प्रचार प्रसार हुन नसक्दा सो क्षेत्र ओझेलमा परेको हो ।नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत तिन बर्ष पहिला ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि काम गर्ने योजना बनाई उतm पोखरी ब्यवस्थित बनाएको हो । बौद्धकालिन उतm पोखरीसँगै पुरातात्विक स्थल र प्राचिन इतिहास बोकेको स्थानमा पर्यटकहरु आउने तर पोखरी ब्यवस्थित नगर्दा अब्यवस्थित देखिएको थियो । अहिले पोखरीमा रहेका जलकुम्भी सफा गरिको छ । पानी सुरक्षित गर्नका लागि पर्खाल,तटबन्ध समेत गरिएको छ । पोखरीका घाटहरु समेत ब्यवस्थित बनाइएको स्थानियले बताए । सो पोखरीलाई निरन्तर ब्यवस्थित गर्दै लैजाने सुनवल ७ का वार्ड अध्यक्...
कोलिय गणराज्यको राजधानी कोलनगरमा खुल्ला संग्रालय बनाउन स्थानियसँग परामर्श
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

कोलिय गणराज्यको राजधानी कोलनगरमा खुल्ला संग्रालय बनाउन स्थानियसँग परामर्श

नवलपरासी,५ मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा खुल्ला संग्रालय निर्माणका लागि स्थानियसँग संघिय सरकारका पुर्व कानुन मन्त्री तथा साँसद धु्रव बहादुर प्रधानले स्थानियसँग परामर्श थालेका छन् । सो क्षेत्रमा विगत बर्षमा धेरै पटक उत्खनन भई अहिले कोलिय राजधानीको रुपमा पहिचान पाएको तर उत्खनन गर्दा फेला परेका समाग्रि तथा स्थान पुनः पुर्ने कार्यले आउने पर्यटक त्यसै फर्कने गर्दा खुल्ला संग्रालयको आवश्यकता महशुस गरि स्थानियसँग परामर्श साँसद प्रधानले परामर्श थालेका हुन् ।स्थानियको माग अनुसार नै अहिले खुल्ला संग्रालयका लागि बजेट बिनियोजन भएको बताउदै साँसद प्रधानले सो बजेट कहाँ र कसरी खर्चने भनेर स्थानियसँग परामर्श थालिएको जनाए । स्थानियको माग अनुसार सरकारसँग बजेट बिनियोजन गर्न लगाईयो,उनले भने,अब सो संग्रालयका लागि उपयुतm स्थान,स्थानियबासीको सहभागिता, सञ्चालन आदीबारे परामर्श गर...
भोजपुरी संस्कृतिको विरहा मार्फत बुद्ध शिक्षा जागरण कार्यक्रम
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

भोजपुरी संस्कृतिको विरहा मार्फत बुद्ध शिक्षा जागरण कार्यक्रम

नवलपरासी,३० कार्तिकजिल्लामा स्थानिय भोजपुरी संस्कृति विरहा मार्फत बौद्ध शिक्षा जागरण गर्ने कार्य उदाहरणिय भएको संघिय सरकारका पुर्व कानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य(साँसद) ध्रुव बहादुर प्रधानले बताएका छन् । बुधवार राती सदरमुकाममा भारतिय कलकार सहितको सहभागितामा सुस्ता स्थित अनोमाघाट संरक्षण समितिको आयोजनामा भएको उतm वृहद विरहा साँस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै साँसद प्रधानले उतm कुरा बताएका हुन् ।लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही,कपिलबस्तु जिल्ला तथा प्राचिन कोलिय गणराज्य र शाक्य गणराज्यको बुद्ध भुमि क्षेत्रका स्थानिय जनतालाई बुद्धको शिक्षालाई सांस्कृतिक कार्यक्रम मार्फत जानकारी गराउनु अति नै सराहनिय कार्य भई रहेको बताउदै बुद्धको शिक्षा आजको आवश्यकता रहेको बताएका थिए । बुद्धको शान्ति,करुणाको ज्ञान सबैलाई दिन र बुझाउन आवश्यक छ, उनले भने, बुद्धको शिक्षा विश्वका अन्य देशमा फैलिएको तर ...
रामग्राम फुटवल रंगशालाको गेट बन्यो, रंगशाला निर्माणमा ढिलाई
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम फुटवल रंगशालाको गेट बन्यो, रंगशाला निर्माणमा ढिलाई

नवलपरासी,३० कार्तिकजिल्ला स्थित रामग्राम फुटवल रँगशाला(स्टेडियम) को प्रवेशद्धार(गेट) निर्माण भए पनि रँगशालाको निर्माण कार्य तिब्र गतिमा हुन सकेको छैन् । लुम्बिनी प्रदेश सरकारको सहयोगमा सो रंगशाला विगत पाँच बर्ष देखी निर्माण हुदै आए पछि कछुवा गतिमा मात्र काम भई रहेको स्थानियले बताएका हुन् ।प्रत्येक पालिकालाई तत्कालिन लुम्बिनी प्रदेश सरकारले गौरवका योजना माग गर्दा रामग्राम नगरपालिकाले रामग्राम नगरक्षेत्र भित्र रंगशाला को आवश्यकता पहिचान गरि रंगशाला माग गरेको थियो । उतm रंगशाला हाल रामग्राम नगरपालिका वार्ड नं ४ जितपुर स्थित पाल्ही बहुमुखी क्याम्पस परिसरमा निर्माणाधिन अवस्थामा छ । फुटवल रंगशालाको नाम दिईए पनि अन्य सबै खेलहरु गर्न सक्ने गरि रंगशालाको निर्माण भई रहेको छ । नगरक्षेत्रको रंगशालाको निर्माणका लागि उपयुतm स्थानको खोजी गर्दै जादा क्याम्पस परिसरमा रंगशाला निर्माणका लागि क्याम्पसले सहमति...