च्याउ उद्योगको क्षमता बढाउदा रोजगारी पनि वृद्धि
बेचु गौडनवलपरासी, १८ चैत्रजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम)को बजारमा माग बढदै गए पछि उद्योग ब्यवस्थापनले क्षमता लगानी थपेर क्षमता विस्तार गरेको छ । लगानी गरि क्षमता वृद्धि गरे पश्चात १० जनाको रोजगारी थपिएको उद्योग ब्यवस्थानले जनाएको हो ।उद्योग बाणिज्य संघद्धारा उद्योगका समस्या तथा सुझव संकलन अभियान अन्तरगत उद्योग उपाध्यक्ष गिरीराज पाण्डे तथा बाणिज्य उपाध्यक्ष सहितको टोली उद्योग परिसरमा पुगेर छलफल गर्दा उद्योग ब्यवस्थापनले सो जानकारी गराएको थियो । विभिन्न जटिलताका बाबजुद पनि च्याउ उद्योगमा अहिले लगानी आकर्षढ बढेको भेटियो,उद्योग उपाध्यक्ष पाण्डेले भने,उद्योगमा समस्या र चुनौती छन्,तर अवसर पनि उत्तिकै रहेको देखियो । भारतिय बजारमा निर्भर रहेको च्याउ उद्योगहरु खुल्न थाले पछि नेपाली च्याउले नै बजार छाएको बाणिज्य उपाध्यक्ष गुप्ताले सुनाए । सरकारल...