पृथ्वीचन्द्र अस्पतालमा ब्यवस्थापकिय कमजोरीले सञ्चालन हुन सकेन डायलसिस सेवा
नवलपरासी, १४ चैत्रजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मेसिन र जनशतिm उपलब्ध भए पनि ब्यवस्थापकिय कमजोरी कारण डाईलासिस सेवा सञ्चालन हुन सकेको छैन् । लाखौ रुपियाका उपकरण मेसिन खरिद भएर थन्किएको र बैशाख देखी नै डाईलासिस सञ्चालनका लागि आवश्यक तालिम लिई स्वास्थ्यकर्मीले तलब सुविधा लिदै बसेको तर ब्यवस्थापनले काम गर्न नसक्दा सो सेवा सञ्चालनमा आउन नसकेको हो ।सरकारले डाईलसिस गराउने बिरामीलाई निशुल्क सेवा दिन स्थानिय स्तरमै उपकरण र जनशतिm पठाई सकेको तर उपकरण मेसिन जडान नगरि त्यसै राखिएको अवस्थामा फेला परेको कुरा महालेखा परिक्षकको टोलीले आफ्नो मलेप प्रतिवेदनमै तस्विर सहित नै उल्लेख गरेको छ । अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरु खरिद गरि थन्किएका अवस्थामा छन् । स्वास्थ्यकर्मीहरु पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका छन् । जिल्लामा दुई दर्जन बढि विरामी नियमि...