Health Advertisement

सिमा क्षेत्रको डुबान नियन्त्रण गुरुयोजना : कसको हितमा ?

नवलपरासी,५ बैशाख
जिल्लाको सिमावर्ति सरावल,प्रतापपुर र पाल्हीनन्दन गाउपालिकामा हुने गरेको डुबान रोक्न विभिन्न गुरुयोजना र डिपिआर बने पनि डुबान समस्या समाधान हुनेमा स्थानियले आशंका ब्यक्त गरेका छन् । स्थानियको परामर्श बिना नै प्राविधिक सोचले मात्रै ति गुरुयोाजना र डिपिआर बनाइएको भए पनि जलनिकासको बैज्ञानिक र स्थलगत नगरिदा डुबान नियन्त्रण हुने प्रति आशँका ब्यक्त गर्न थालेका हुन् ।
गत बर्ष नै ति क्षेत्रको डुबान रोक्न बजेट भन्दा विस्तृत परियोजना प्रतिवेदन(अिपिआर) बनाउने होडबाजी चलाइएको थियो । सिमा क्षेत्रको डुबान नियन्त्रणको लागि बनेको गुरुयोजनाको लाभ इन्जिनियर र ठेकेदारको लाभ लक्षित भएको आरोप छ । संघ र प्रदेश सरकारसँग पटक पटक डुबान रोक्न आगह गर्दै आएको सरावल गाउपालिका पछिल्लो समय आफै डिपिआर गराउदै काम गर्ने अग्रसरता देखाए पनि आवश्यक बजेट विनियोजन कहि कतैबाट नहुने र बनेका गुरुयोजना र डिपिआर पनि बजेट भ्याउने तर निकास ननिस्कने अवस्था रहेको स्थानियको दाबी छ । गत बर्ष सो क्षेत्रका संघिय संसद प्रतिनिधिसमा सदस्य(साँसद) विनोद चौधरीको पहलमा संघ सरकारले गुरुयोजना निर्माण गर्न लगाएको थियो । त्यसै गरि सरावल गाउपालिकाले पनि आफ्‌ना पालिका भित्रको डुबान नियन्त्रणका लागि डिपिआर बनाउन लगाएको थियो । गुरुयोजना र डिपिआरमा प्राविधिक रुपमा डुबान क्षेत्रका प्रमुख झरही र धनेवा खोलामा बाँध अग्लो बनाउने,ठोक्करहरु निर्माण गर्ने जस्ता विषयहरु समेटिएका छन् । तर डुबानको कारण भन्ने यकिन गरिएको छैन् ।
डुबानको कारण र बास्तविक रुपमा निकास कसरी हुने भन्नेबारे प्राविधिकहरुले ध्यान नदिइएकै कारण अर्बौ रुपिया खर्चिर्ए पनि डुबान जस्ताको तस्तै रहने दाबी स्थानियको छ । जनताको समस्या एका तिर छ,स्थानिय मुरारी मौर्यले भने,गुरुयोजना र डिपिआर आर्कै प्रकारको छ । यसले इन्जिनियर र ठेकेदारलाई मात्रै लाभ हुने देखिन्छ । बाढीको समस्या जस्ताको त्यस्तै रहन्छ । उनका अनुसार झरहीखोलाको पानीलाई पाल्हीनन्दनको सुगौलीबाट नै बाँध बनाई धनेवा खोलामा मिसिने कार्य बन्द नगराएसम्म डुबानले निकास पाउदैन् । चुरेबाट बग्ने झरही खोलाको पानीको घनत्व बढि हुन्छ । धनेवा खोलाको पानी खेतको पानी हो । खेतको पानीको घनत्व कम हुन्छ । बुडन्तवापुर स्थित झरही खोला र धनेवा खोला मिसिदा झरहीखोलाको पानी नै बाँध जस्तो काम गछृ । धनेवा खोलाको पानी बग्न पाउदैन । जुन पानीले पाल्हीनन्दनको वार्ड नं.१ र २,सरावल गाउपालिकाको ५,६ र ७ र प्रतापपुरको वार्ड नं.३ लाई डुबान गर्छ । यि समान्य कुरा पनि प्राविधिकले ध्यान नदिईने बाँधको उचाई बढाउने,ठोक्कर निर्माण गर्ने कार्यलाई मात्र समेटेका छन् । त्यसमा प्राविधिक(इन्जिनियरलाई भत्ता र ठेकेदारलाई ठेक्का मात्र हुन्छ ।
उनका अनुसार संघिय सरकारबाट सरावल सहित जिल्ला भरिका डुबान नियन्त्रण गर्नका लागि १ अर्ब ७० करोड बराबरको गुरुयोजना बनेको छ । यता सरावल गाउपालिकाको धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उक्त धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपिया लागत पर्ने उल्लेख छ ।
धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरे पछि आफ्नै स्रोतले गाउपालिकाले बाँधको उचाई बढाउने कार्य थालेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले जानकारी गराएका थिए । उनका अनुसार खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डका बासिन्दा छन् । सरावल गाउपालिकालाई दुई वटा संघिय निर्वाचन क्षेत्र जोडेको हुदा दुई जना विनोद चौधरी र धु्रव बहादुर प्रधान प्रतिनिधि सभा सदस्यको रुपमा सरावलका जनताले मतदान गरेका छन् ।
गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर,लाईजन कार्यालयले समेत चाँसो लिइनु पर्ने हो,तर चाँसो नलिएको प्रति उनले नैराश्यता पनि प्रकट गरेका थिए ।उनले डुबान नियन्त्रणका लागि पहल गर्न लाईजन कार्यालयलाई पत्र समेत लेखेका छन् । त्यसै गरि डुबान क्षेत्रका जनताले दुई जना प्रदेश साँसद बैजनाथ जैसवाल र विश्वप्रेम पाठकलाई पनि मतदान गरेका छन् । डुबान क्षेत्रलाई जोड्ने प्रतापपुर गाउपालिकाका केही क्षेत्र पर्ने आर्को क्षेत्रका प्रदेश साँसद तथा हाल बन तथा वातावरण मन्त्री कलवार पनि छन् । धनेवा खोलाको अधिकाँस भाग सरावल गाउपालिकाको ४ वटा वार्डलाई छोएको छ ।
धनेवाखोलाको सिमा प्रतापपुर,पाल्हीनन्दन गाउपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारत तर्फ प्रवेश गरेको छ । विगत बर्षमा खुल्ला रुपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परे पछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो । अन्य कुलाहरुको पानी समेत धनेवा खोलाम जादै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ति साईफलहरु बने देखी मर्मत सम्भारको अभावमा भत्किने र जिर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो,त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहुदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *