Health Advertisement

हिन्दु र बौद्ध संस्कृतिको साझा स्थल शिलवटियामा कार्तिक पुर्णिमाको भब्य मेला

बेचु गौड
नवलपरासी ८ मंसिर
रुपन्देही जिल्लाको ओमसतिया गाउपालिका स्थित सिलवटिया हिन्दु र बुद्धको साझा संस्कृति सांस्कृतिक इतिहास बोकेको प्राचिन गाँउमा कार्तिक पुर्णिमा लक्षित भब्य मेलाको तयारी भई रहेको छ । बर्षाै देखी कार्तिक पुर्णिमामा मेला लाग्ने गरेको र यस बर्ष सो मेलालाई भब्य बनाउनमा गाउपालिकाले पनि तयारी गर्न थालेका हो ।
मेला क्षेत्रमा विहिवार राती देखी नै रामलिला शुरु भएको र मेलाकै दिन सो रामलिलाको तयारी भई रहेको मेला गाउपालिकाले जानकारी गराएको थियो । विहिवार नै आयोजकसँग गाउपालिका अध्यक्ष मन्जित कुमार यादव,उपाध्यक्ष सुनिता चौधरी र प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्र सहितको टोलीले संयुतm बैठक समेत बसेर मेला तयारीबारे छलफल गरेको थियो । रोहिणी नदि किनारमा रहेको ओमसतिया माई मन्दिर,रामजानकी मन्दिर लगायत विभिन्न हिन्दु देवी देवताको प्राचिन मन्दिर अवस्थित छ । झोलुगेँपुल मात्रै सो स्थानमा भएको हुद अहिले चारपाग्रेँ यातायातका सवारी साधन लैजान नसकिने अवस्था छ,अध्यक्ष यादवले देखाउदै भने,तर पनि अस्थाई रुपमा भए पनि बाढी सिजन बाहेकका अवधीका लागि ह्युमपाईप राखेर बाँध र पुल बनाई रहेका छौ । अहिले सिलवटिया मेला हेर्न नवलपरासी,रुपन्देही र भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।


धर्मिक पर्यटकिय क्षेत्रको पहिचान गराउदै अहिले गाउपालिकाले सो क्षेत्रको विकास र प्रवद्र्धनमा लागेको गाउपालिका अध्यक्ष यादवले बताएका थिए । अहिले हिन्दु दर्शनसँग सम्बन्धित पुर्वाधारहरु रहेका छन्, उनले भने, बौद्धकालिन इतिहास पनि यो क्षेत्रसँग जोडिएको हुदा त्यसबारे पनि अध्ययन र अनुसंधान गरि वृृहद लुम्बिनी क्षेत्रमा समावेश गराउने केही स्थानियले माग गर्दै आएका छन् । त्यसबारे पनि अध्ययन गराउने र त्यसका लागि पुरातात्विक खोजका लागि पनि गाउपालिकाले पहल गर्ने उनको भनाई थियो । कार्तिक पुर्णिमा हिन्दु दर्शनले मात्रै महत्वपुर्ण नभई बौद्ध दर्शनमा पनि कार्तिक पुर्णिमा महत्वपुर्ण दिवस भएकोले यस क्षेत्रलाई हिन्दु र बौद्ध प्राचिन धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्दै लैजाने लक्ष्य रहेको समेत गाउपालिकाले जनाएको छ ।


बौद्धकालिन प्राचिन शिलावती गाँव भएकोबारे सम्भाब्यता अध्ययन गर्नु पर्ने स्थानियले विगत देखी पनि माग गरेका थिए । वृहद लुम्बिनीसँग जोडेर नै बौद्ध परिपथ भित्र समावेश गर्नका लागि पनि यसको सम्भाब्यता अध्ययन गर्नु पर्ने स्थानियबासीको भनाई थियो । बौद्ध साहित्यमा प्राचिन शाक्यहरुको कपिलबस्तु राज्य भित्रकै एक प्रतिष्ठित गाँउ भएको र सो स्थानमा भगवान बुद्ध पुगेर सम्बहुल सुत्तको उपदेश दिएको उल्लेख पाईन्छ । रोहिणी नदी किनारमा रहेको शाक्य सिमाभित्र पर्ने यो शिलावती गाँउमै समृद्धि सुत्तको पनि उपदेश दिएको कुरा पनि उल्लेख भएको बौद्ध अध्ययेताहरुको भनाई रहेको स्थानिय राज कुमार चौधरीले बताएका थिए । अहिले रुपन्देही जिल्ला भित्र रहेको भए पनि प्राचिन कोलिय शाक्य राज्यको सिमा छुट्टयाउने रोहिणी नदी पश्चिममा सिलवटिया गाँउ भनेर रहेको छ,।
यसलाई हिन्दु मात्रै नभई बौद्ध तिर्थ स्थलको रुपमा पनि यसलाई चिनाउन सकिन्छ । पुरातात्विक खोज हुन आवश्यक छ,यसको ऐतिहासिक महत्व पनि खुल्न जरुरी रहेको छ । शिलावती गाँउमा भगवान आफै आएर दुई पटक धर्मोपदेश गर्नु बौद्ध सहित्यमा उल्लेखित हुदा बौद्ध तिर्थसँग जोड्न सकियो भन्ने यस क्षेत्रको विश्वब्यापी पहिचान पाउनेछ । पहिला गाँउपालिकाले यो नै प्राचिन शिलावती गाँउ भएको भनेर घोषणा गर्न आवश्यक छ । बौद्ध क्षेत्रका जानकार तथा बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवका अनुसार शाक्य राज्य भित्रको शिलावती गाउबारे त्रिपिटकाचार्य महोपाध्याय भिक्षु बुद्धमित्रले लेखेको भगवान बुद्धको समकालीन अनुयायी तथा बौद्ध केन्द्र नामक पुस्तकमा उल्लेख पाईन्छ छ ।
शिलावती गाँउ र हालको शिलवटिया नै हो तर पनि प्राचिनताबारे खोज गर्न पनि उत्तिकै आवश्यक छ । उनका अनुसार सो पुस्तकमा शिलावती शाक्य जनपदको एक प्रसिद्ध गाँउ भएको कुरा त्रिपिटकको संयुतm निकायको सम्बहुल सुत्तमा उपदेश दिएका थिए । जुन बौद्ध धर्ममा अति प्रतिष्ठित रहेको छ । यहिँ नै समृद्धि सुत्तको उपदेश पनि भगवान बुद्धले भिच्छु तथा उपासकलाई दिएको कुरा उल्लेख पाईन्छ । सम्बहुल सुत्तमा दिएको उपदेशको मुल कुरा मारले बहकाउनु कुरालाई बताइएको छ । जस्मा भगवान एक समय शाक्य जनपदको शिलावती गाँउमा विहार गर्दै थिए ।
सोही बेला केही बौद्ध भिच्छु पनि विहार गर्दै गरेको अवस्थामा पापी मार ब्राम्हणको रुप धारण गरि लामो कपाल(जटा) बढाएको,मृगको छाला ओढेको,वृद्ध जस्तै झुकेको र घुँट घुँटको श्वास लिदै गुलरको दण्ड लिएर जहाँ भिच्छुहरु थिए,त्यहा प्रकट भयो र भिच्छुलाई भन्न थाल्यो, कि तपाँईहरु सानो उमेरमै प्रबज्या लिनु भएको छ,अहिले तपाईहरु कुमार नै हुनु हुन्छ,तपाईहरुको कपाल अहिले कालै छ,तपाईहरु अहिले जवान युवा हुनु हुन्छ,यो समयमा उमेर पुग्दै कामभोगको स्वाद पनि लिनु भएन् । तपाईहरु पहिला मानिसले भोग्ने भोगबस्तुको भोग गर्नुस,सामुन्ने आएको कुरा छाडेर पछि हुने कुराको पछाडी नदुर्गुन्स भन्दै थिए ।
तब भिच्छुहरुले जवाफ फर्काए,कि होईन, ब्राम्हण हामी सामुन्नेको कुरा छाडेर पछि हुने कुराको पछाडी दुगुरेका छैनौ,हामी त पछिको कुरा छाडेर सामुन्ने भई रहेको फेरा मै छौ । ब्राम्हण भगवानले संसार कामभोग पछि हुने कुरा बताउनु भएको छ । दुःखले पुर्ण समस्याले भरिएको यो कामभोगमा खाली दोष नै दोष छ । आएर हेर्नुस मुतिmको नजिक लैजाने विज्ञ पुरुष आफ्नो भित्र नै सम्झने कुरा हो । यो कुरा सुनेर सो ब्राम्हण भेषधारी पापी मार आफ्नो टाउको हल्याउदै,जिब्रो निकाल्दै,टाउकोमा तिनधार सिकुडन भु्रभंग चढेको लठ्ठी टेक्दै हिडिहाल्यो ।
तत्पश्चात भिच्छुहरु भगवान बुद्ध कहाँ गए र सो कुरा सुनाए पछि भगवान बुद्धले भने,भिच्छुहरु त्यो ब्राम्हण थिएन्,त्यही पापी मार थियो,तिमिहरुको मति फेर्न आएको थियो । यो कुरा थाहा पाएर भगवानको मुखबाट एउटा गाथा निस्क्यो,जस्को कारण दुःख हुन्छ,जानियो,त्यो कामभोगलाई कसरी झुकाउने ? साँसारिक कामभोगको बंधन जानेर त्यस माथि बिजय पाउन सिक्नुस,भनेर धर्मोपदेश दिएका थिए । त्यसैलाई सम्बहुल सुत्त भनेर उल्लेख छ ।त्यसै गरि समृद्धि सुत्त भनेर आर्को धर्मोपदेश दिएको पनि यसै शिलावती गावमा रहेको कुरा पनि उल्लेख छ । सम्भवतः त्यही बेला देखी नै कार्तिक पुर्णिमा एक अध्यात्मिक महत्व बोकेकोले परम्पारगत मेला लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *