
नवलपरासी,१८ फागुन
नेपाली सेनामा युवाको आकर्षण बढाउनका लागि नेपाली सेनाले केही नीतिगत सुधारका लागि लुम्बिनी प्रदेशका तिनवटा जिल्लाका सरोकारवालाको सहभागितामा कार्यशाला गरेको छ । नेपाली सेनामा भर्नाका लागि स्थानिय स्तरमा प्रचार प्रसार,गौरव गर्ने स्थान र जिविको पार्जन आयआर्जन तथा कैरियर बनाउने थलोको रुपमा कुरा उठान गर्न नसक्दा सेनामा भर्ना लिइने युवाहरुको आर्कषण घटेका कारण सुझाव संकलनका लागि कार्यशाला बुटवलमा गरेको हो ।
बरुण दल गणमा भएको उतm तिनै जिल्लाबाट भुतपुर्व सैनिक,प्रेस,शिक्षक,प्राध्यापक,समाजसेवी सहितको सहभागितामा कार्यशाला भएको जानकारी कर्नेल ज्ञानकाजी श्रेष्ठले बताए । उनका अनुसार कार्यशालामा राम्रा सुझावहरु आएका छन् । ति सुझावलाई मनन गर्दै नेपाली सेनाले अगामी दिनमा काम गर्ने बताएका थिए । कार्यशालामा सेना भर्ना प्रकृया,अवस्थाबारे जानकारी गराइएको थियो । नेपाली सेनाले भर्ना प्रकृया पारदर्शि,स्वष्छ र निष्पक्ष रहेको छ । तर पनि युवाहरुको आकर्षण कम देखिन थालेको छ । भर्नाका बेला धेरै लामो लाईन युवाहरुको देखिए पनि अन्तिम चरणसम्म योग्यता सिद्ध गर्न नसक्दा तोकिएको सिटमा पनि भर्ना लिन समस्या देखिन थालेको छ । प्रस्तुत गरिएको विवरणमा अझै पनि नेपाली सेनामा १ हजार ८ सय अधिकृत स्तरको सैनिकको सिट खाली छ । तर सो पदका लागि योग्यता पुगेको युवाहरु आउन सकेका छ्रैनन् । युवाको रुचि सेना भर्ति तर्फ भयो भने मिहेनत गरेर पनि योग्यता बनाउन सक्छन्,उनले भने,तर त्यस प्रति चाँसो बढाउन आवश्यक छ । सेना भर्नामा कठिनाई,पहुँचले भर्ना पाउने जस्ता केही गलत मान्यताका कारण पनि युवाहरु सेना तर्फ कम देखिएका छन् । सेनाको अधिकृत र सिपाहीमा पनि कुनै भेदभाव गरिदिैन । पद अनुसार काम र सम्मानमा सबै भन्दा तलका सिपाही नै पहिला भनेर मानिन्छ ।
भर्ना प्रकृयामा अन्य निकाय भन्दा शारिरिक परिक्षण,लिखित परिक्षा पास गरेर गुणमापक परिक्षा केही विशेष हुने हुदा अन्तिम समयमा गुणमापक परिक्षणमा धेरै उमेदवार छनौटमा नपर्ने हुदा पास लामो लाईन देखिए पनि अन्तिमसम्म पुग्दा थोरै मात्र छनौटमा पर्ने गरेका छन् । गुणमापक परिक्षण एक साताको हुन्छ,विज्ञहरुले विभिन्न विधि प्रयोग गरि ब्यतिmको गुण मापन गर्छन् । केही काल्पनिक कुरा गरिन्छ र त्यो बेला उमेदवारले कस्तो प्रतिकृया देखाउछ,त्यसको आधारमा सो उमेदवारको गुण परिक्षण हुन्छ । सेनामा पनि राम्रो अवसर छ, भन्ने गाँउ गाँउसम्म प्रचार प्रसार पनि पुग्न नसकेको कुरा पनि कार्यशालाका सहभागिले उठाएका थिए । औपचारिक सुचना भन्दा भर्नाको प्रकृया र भर्ना खुलाउदा प्रचार प्रसारमा ब्यापकता दिनु पर्ने देखिएको छ । नेपाली सेनामा पनि बार्षिक लगभग ४ हजारको भर्ना हुने हुन्छ । तर धेरै युवाहरुलाई सेनामा भर्ना हुने र कैरियर बनाउन सक्ने स्थानबारे सबैले अ आफ्नो स्थानबाट प्रचार प्रसार गर्नु पर्ने कुरा पनि औल्याइएको थियो ।
नेपाली सेनाले नेपालको संविधानको धारा २६७ को उपधारा १ बमोजिम नेपाली सेनाको मुख्य कार्य नेपालको स्वतन्त्रता,सार्वभौमसत्ता,भौगोलिक अखण्डता,स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु कार्य बाहेक पनि सहायक कार्यको रुपमा प्रतिविद्रोह,प्रतिआतँकबाद,निजामती प्रशासन तथा अन्य निकायलाई सहयोग,अतिविशिष्ट ब्यतिmको सुरक्षा,राष्ट्रिय महत्वका सम्पदा र संरचनाको सुरक्षा,संयुतm राष्ट्र संघका् आव्हानमा शान्ति स्थापना कार्य,प्राकृतिक प्रकोपमा उद्धार कार्य,वातावरण,प्रकृति तथा प्राकृतिक सम्पदा संरक्षण कार्य र विकास निर्माणका कार्य पनि गर्दै आएको छ । नेपाली सेनामा महिला,दलित,आदिबासी,आदिबासी जनजाती,खसआर्य,मधेशी,थारु,मुस्लिम,पिछडावर्ग तथा पिछडिएको क्षेत्रका नागरिकलाई प्रवेश समानता र समावेशी सिद्धान्तको आधारमा संघिय कानुन बमोजिम सुनिश्चि गरिएको छ । नेपाली सेनाले सैनिक अधिकृत,पदिक पद,विल्लादार सैन्य र ननकम्ब्याटयाण्टको भर्ना लिदै आएको छ ।